newa srijana

काठमाडौं महानगरले राप्रपालाई तोक्यो एक लाख रूपैयाँ जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सडकमा फोहोर र विरूवामा क्षति गरेको भन्‍दै एक लाख रुपैयाँ जरिवाना गरेको छ। आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने क्रममा महानगर क्षेत्र फोहोर बनाएको र भौतिक क्षति भएको भन्दै महानगरले पार्टीलाई एक लाख जरिवाना गरेको हो।

कार्यक्रममा सहभागी व्यक्तिहरूबाट सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आइल्यान्ड र त्यहाँ रहेका बिरूवाका साथै रेलिङहरूमा भौतिक क्षति पुगेको र जथाभाबी फोहोरमैला गरी वातावरण प्रदूषण गरिएको महानगरपालिकाले जनाएको छ।

World link net

महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछा थापा मगरले राष्ट्रिय प्रजातन्त्र पार्टीका नाममा पठाएको चिठीमा फोहोरमैला व्यवस्थापन ऐन २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र आर्थिक ऐन २०८१ बमोजिम एक लाख रूपैयाँ जरिवाना गरिएको उल्लेख छ।

पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिइएको छ।

सिटीजन फनिच्रर