GIF TIGER CUP

स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनकाे गण्डकी अध्यक्षमा जीवन र कास्कीमा मनुवा चौधरी चयन

पोखरा । स्वतन्त्र र राष्ट्रसेवक कर्मचारी संगठन नेपालले गण्डकी प्रदेश र कास्की जिल्ला कार्यसमिति चयन गरेको छ । शनिबार भएको भेलाले जीवन मर्सानीको अध्यक्षतामा २९ सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको छ ।

सो समितिको उपाध्यक्षमा प्रेमराज चापागाई, सुरज माझी, मनुमाया कार्की, महासचिवमा सुशिल बास्तोला, सचिवमा माधव आचार्य, चुणमणि बराल, सरोज बराल चयन भए । त्यसैगरी कोषाध्यक्षमा शशी अधिकारी, सह–कोषाध्यक्षमा सन्देश लम्साल निर्विरोध निर्वाचित भए ।

प्रथम जिल्ला भेलाले मनुवा चौधरीको अध्यक्षतमा २१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । सो समितिको उपाध्यक्षमा सुस्मा पौडेल, बद्रीराज पौडेल, सचिवमा प्रकाश सुवेदी र नारायण शर्मा, कोषाध्यक्षमा गणेश लामासहित २१ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको हो ।

GIF TIGER CUP

दुवै भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि संगठन केन्द्रिय अध्यक्ष श्रवणकुमार गुरुङले संगठनले राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताए । संगठनलाई चुस्त र दुरुस्त बनाई अगाडी बढाउन नवनिर्वाचित जिल्ला तथा प्रदेश पदाधिकारीहरुलाई उनले आग्रह गरे । पेसागत हकहित र अधिकार राख्नका लागि स्वतन्त्र संगठनको निर्माण भएको उनले बताए ।

कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्ष सीता गुरुङ, सहभागीकोतर्फबाट सुस्मा पौडेल र मनुवा चौधरीलगायतले बोलेका थिए ।

स्वतन्त्र राष्ट्र सेवक कर्मचारी संगठन–नेपालका केन्द्रिय उपाध्यक्ष शिवप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव हेमन्त ढुङ्गानाले गरेका थिए । स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपालले २७ जिल्लामा आफ्नो संगठन विस्तार गरिसकेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.