कोटि होम १

पोखरा पृथ्वीचोकमा सडक दुर्घटना : बाबुको मृत्यु,छोरी घाइते

पोखरा । पोखरा–९ पृथ्वीचोकमा बिहीबार दिउँसो भएको सडक दुर्घटनामा बाबुको मृत्यु भएको छ भने  छोरी घाइते भएकी छन्। ना. ५ ख. ६२२२ नम्बरको ट्रकले  ग.१६.प .२०७५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा यो घटना भएको हो।

Nawa Srijana

मृत्यु हुनेमा नेकपा माओवादी केन्द्र पोखरा–१४ का पूर्व अध्यक्ष तथा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) कास्की जिल्ला समितिका सचिव ५३ वर्षीय शिवराज कँडेल रहेका छन्। स्कुटरको पछाडि सवार कँडेल ट्रकको ठक्करबाट गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी गण्डकी मेडिकल कलेज लगिएको थियो, तर उपचारको क्रममा उनको निधन भएको कास्की प्रहरीले पुष्टि गरेको छ।

दुर्घटनामा स्कुटर चालक २३ वर्षीया सुस्मिता कँडेल घाइते भएकी छन्। उनको हात र घुँडामा चोट लागेको छ र हाल गण्डकी मेडिकल कलेजमै उपचार भइरहेको छ।  कास्की प्रहरीले दुर्घटना गराउने ट्रक र चालकलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको जनाएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

सामुदायिक प्रहरी
अख्तियार अनुसन्धान
Leave A Reply

Your email address will not be published.