कोटि होम १

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

पोखरा । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका मुख्य योजनाकार मानिएका दुर्गा प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्रदान गरेको छ। न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रहरीको मागबमोजिम उनीहरूलाई हिरासतमा राख्ने म्याद थप गरेको हो।

Nawa Srijana

प्रहरीले प्रसाईं र खड्कालाई तीनकुनेमा भएको प्रदर्शनसँग जोडिएको घटनाको अनुसन्धानका लागि कम्तीमा १२ दिन हिरासतमा राख्न अनुमति मागेको थियो। अदालतले सोही मागलाई स्वीकृत गर्दै अनुसन्धानका लागि समय प्रदान गरेको छ।

  सोही प्रदर्शनका क्रममा गत चैत २६ गते पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई पनि १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो। प्रहरीले प्रसाईं र खड्काको म्यादलाई अन्य अभियुक्तहरूसँग मिलान गर्न पनि यो कदम चालेको बुझिएको छ।तीनकुने घटनालाई लिएर प्रहरीले  अनुसन्धान गरिरहेको छ।

सामुदायिक प्रहरी
अख्तियार अनुसन्धान
Leave A Reply

Your email address will not be published.