newa srijana

पोखरा स्पोर्टस् अवार्ड:’वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने

पोखरा । नवौंं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपालले सहयोग गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही बैशाख २६ गते इभेन्ट सेन्टरमा हुने अवार्डको ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ पुरस्कारको प्रायोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपालले गर्ने भएको हो ।

सोमबार प्रतिष्ठानका तर्फबाट नवीन पुन र मञ्चका अध्यक्ष एमबि आस्था मगरबिच ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ पुरस्कारको प्रायोजन स्वरुप ३५ हजार रुपैयाँ सहयोग गर्नेबारे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपाल समाज सेवाको क्रियाकलापमा अग्रपंक्तिमा रहेको छ भने यसका संरक्षक पूर्वमन्त्री उत्तम पुन हुन् ।

अवार्ड कार्यक्रमको मिति नजिकिदै गर्दा सहयोगीहरु जोडिने क्रम समेत बढ्न थालेका छन् । नवौं संस्करणको यो अवार्डमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको विशेष सहयोग रहेको छ ।

Mountain run pokhara click
सिटीजन फनिच्रर

त्यस्तै उदीयमान खेलाडी विधाको पुरस्कार प्रायोजन सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षक विधाको पुरस्कार प्रायोजन टाइगर ग्रुप अफ पोखरा नेपाल, उत्कृष्ट खेलकुद संस्था विधाको पुरस्कार प्रायोजन निट डेन्टल केयर र लाइफटाइम अचिभमेन्ट अवार्डको प्रयोजन सिटिजन फर्निचरले गर्ने सम्झौता भइसकेको छ ।

त्यसैगरि जिल्ला एथ्लेटिक्स सङ्घ कास्कीले ११ हजार १ सय ११ रुपैयाँ, मदन भण्डारी स्पोर्टस् एकेडेमीले १ सय थान टिसर्ट सहयोग गर्ने सम्झौता भइसकेको छ ।खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ ।

अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चले जनाएको छ ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो ।

 

Rabin photo