कोटि होम १

कक्षा १२ को परीक्षा वैशाख २१ देखि, तालिका भोलि सार्वजनिक

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन र शिक्षकहरूको आन्दोलनका कारण वैशाख ११ बाट सञ्चालन हुने भनिएको परीक्षा स्थगित गरी वैशाख २१ मा सारिएको छ।बोर्डले परीक्षाको तालिका भने भोलि मात्रै सार्वजनिक गर्नेछ।

पोखरा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाख २१ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ। यसअघि वैशाख ११ गतेबाट सुरु हुने भनिएको परीक्षा शिक्षकहरूको आन्दोलन र प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनका कारण स्थगित भएको हो। बोर्डले परीक्षाको विस्तृत तालिका भने भोलि (वैशाख ९ गते) मात्रै सार्वजनिक गर्ने जनाएको छ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा वैशाख २१ गतेबाट सञ्चालन हुने पुष्टि गर्दै तालिका तय गर्न बोर्डको बैठक बस्ने जानकारी दिए। स्रोतका अनुसार, बोर्डले बुधबार बसेर परीक्षाको अन्तिम कार्यतालिका तय गर्नेछ।

Nawa Srijana

यसअघि बोर्डले वैशाख ११ गतेबाटै परीक्षा सञ्चालन गर्ने गरी तयारी गरेको थियो। तर, शिक्षकहरूको आन्दोलनले परीक्षा सञ्चालनमा जटिलता थपेपछि प्रधानमन्त्री ओलीले मंगलबार साँझ बालुवाटारमा बोर्डका अध्यक्ष शर्मा र शिक्षा सचिव दीपक काफ्लेसँगको भेटमा परीक्षा केही दिन पछि सार्न निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार बोर्डले परीक्षा स्थगित गरी नयाँ मिति तय गरेको हो।

बोर्डले आजै परीक्षा सरेको औपचारिक सूचना जारी गर्ने तयारी गरेको छ। परीक्षा सञ्चालनका लागि सबै संयन्त्र परिचालन गर्ने बोर्डको योजना रहेको स्रोतले जनाएको छ।

सामुदायिक प्रहरी
अख्तियार अनुसन्धान
Leave A Reply

Your email address will not be published.