newa srijana

कक्षा १२ को नयाँ परीक्षा रुटिन सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको संशोधित समयतालिका सार्वजनिक गरेको छ, जसअनुसार परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुनेछ।

पोखरा । कक्षा १२ का विद्यार्थीहरूका लागि ठूलो अपडेट आएको छ। राष्ट्रिय परीक्षा बोर्डले बुधबार कक्षा १२ को वार्षिक परीक्षाको संशोधित समयतालिका सार्वजनिक गरेको छ। यसअघि वैशाख ११ गतेदेखि हुने भनिएको परीक्षा मंगलबार एकाएक स्थगित भएपछि विद्यार्थी र अभिभावकहरूमा अन्योल बढेको थियो।

बोर्डले अब नयाँ मिति तय गर्दै जेठ २ गतेसम्म परीक्षा सञ्चालन हुने जानकारी दिएको छ। सार्वजनिक गरिएको नयाँ तालिका अनुसार साधारण तथा परम्परागत धार, साथै प्राविधिक धार अन्तर्गतका नियमित र आंशिक परीक्षार्थीहरूका लागि परीक्षा सञ्चालन हुने छ।

World link net

कक्षा १२ को वार्षिक परीक्षाको संशोधित समयतालिका-download

अचानक परीक्षा स्थगन भएपछि सामाजिक सञ्जालदेखि क्याम्पसहरूमा चर्चा चलिरहेको थियो। विद्यार्थीहरू विशेषगरी समय व्यवस्थापन र तयारीको चरणमा रहेको बेला आएको निर्णयले तनाव थपेको छ। तर, बोर्डले स्पष्ट पारेको छ कि संशोधित तालिका अन्तर्गत परीक्षा सुचारु रूपमा अघि बढाइनेछ।

परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूलाई बोर्डले अब निर्धारण गरिएको मितिअनुसार तयारी गर्न आग्रह गरेको छ। नयाँ रुटिन अनुसार परीक्षा सञ्चालन हुँदा क्लास १२ को परीक्षा शान्तिपूर्वक र व्यवस्थित ढंगले सम्पन्न हुने बोर्डको दाबी छ।

सिटीजन फनिच्रर