newa srijana

पोखरा महानगरको निर्देशन: वैशाख १७ देखि सामुदायिक विद्यालयमा नियमित कक्षा सञ्चालन गर्नू

पोखरा । पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयहरूलाई वैशाख १७ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न निर्देशन जारी गरेको छ। नेपाल शिक्षक महासंघको आन्दोलनका कारण लामो समयदेखि अवरुद्ध पठनपाठनलाई सुचारु गर्न महानगरले यस्तो कदम चालेको हो।

महानगरको शिक्षा महाशाखाद्वारा जारी सूचनामा भनिएको छ, शिक्षक आन्दोलनका कारण विद्यार्थीको पढाइमा गम्भीर असर परेको छ। नियमित कक्षा सञ्चालनका लागि सम्बन्धित सबै सरोकारवालालाई सक्रिय भूमिका निर्वाह गर्न हार्दिक अनुरोध छ।

World link net

नेपाल शिक्षक महासंघको अगुवाइमा गत चैत २० गतेदेखि जारी आन्दोलनले देशभरका सामुदायिक विद्यालयको पठनपाठनमा ठूलो बाधा पुर्‍याएको छ।

आन्दोलनमा सहभागी शिक्षकहरू विद्यालयमा अनुपस्थित हुँदा कक्षाहरू सञ्चालन हुन सकेका छैनन्। यसले विद्यार्थीको शैक्षिक भविष्यमा नकारात्मक प्रभाव पर्ने जोखिम बढाएको भन्दै महानगरले तत्काल पठनपाठन सुचारु गर्नुपर्नेमा जोड दिएको छ।

 

सिटीजन फनिच्रर