newa srijana

नेपाल लाइफ पोखरा शाखाकाे रक्तदान कार्यक्रम, ६१ युनिट रगत संकलन

पोखरा । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गण्डकी प्रदेश अन्तर्गत रहेको पोखरा शाखा कार्यालयले गरेकाे रक्तदान कार्यक्रममा ६१ युनिट रगत संकलन भएकाे छ । कम्पनीले २५औं वर्ष प्रवेशको अवसरमा रक्तदान कार्यक्रम गरेकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल विमा प्रधिकरण का प्रदेश प्रमुख शम्भु प्रसाद मिश्रले नेपाल लाइफले कम्पनी लिमिडेटद्वारा हरेक वार्षिक उत्सवमा रक्तदान जस्तो महान कार्य गरी पूर्ण लाभ लिएको तथा अगामी दिनमा पानि यस्तै सामाजिक कार्यमा सरिक हुन आग्रह गरे ।

World link net

कार्यक्रममा प्रादेशिक रक्तसञ्चार केन्द्र प्रमुख अर्जुन ज्ञवाली, आकस्मिक रक्तदान केन्द्र पोखराका व्यवस्थापक हरिचन्द्र शर्मा, चेम्मर अफ कर्मशका अध्यक्ष उमराज वास्तोला, निप्स चेप्टर अध्यक्ष बद्री पौडेल, आकस्मिक रक्तदान युनिट संयोजक नेत्रप्रसाद ढकाल, नेपाल लाइफ पोखरा शाखा प्रमुख उपेन्द्र तिमिल्सिना, पेशागत विमा अभिकर्ता संघ पोखरा शाखा समिति अध्यक्ष दीपक प्रसाद पराजुली साथै अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

सो अवसरमा पेशागत अभिकर्ता संघ गण्डकी प्रदेशका सदस्य निलकण्ठ उपाध्याय (असिम), पोखरा शाखा समितिका सम्पूर्ण कार्यसमिति पदाधिकारीहरूको वित्तीय संस्थाका प्रमुखहरू, पत्रकार, वरिष्ठ एजेन्सी मेनेजर, एजेन्सी मेनेजर, व्यवसाय संयोजक, बीमित तथा रक्तदाता महानुभावहरूको समेत सहभागिता रहेको थियो।

कम्पनीका गण्डकी प्रदेश प्रमुख सहदेव अधिकारीकाे सभाध्यक्षतामा भएकाे कार्यक्रम सञ्चालन पेशागत बिमा अभिकर्ता संघका केन्द्रीय सदस्य दामोदर सापकोटा र स्वागत शाखा प्रमुख उपेन्द्र तिमिल्सिनाले गरेका थिए ।

सिटीजन फनिच्रर