कोटि होम १

पोखराको दुई छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटना, ५ जना गम्भीर घाइते

पोखरा । पोखरामा बुधबार दुई छुट्टाछुट्टै ठाउँमा  सवारी दुर्घटनामा परेर ५ जना गम्भीरसहित ११ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पहिलो दुर्घटना पोखरा-३२ लामेआहालमा भएको हो, जहाँ काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल खेतमा खसेको छ।

Nawa Srijana

प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतका अनुसार उक्त दुर्घटनामा चालकसहित ३ जना गम्भीर घाइते भएका छन् भने अन्य ८ जनाको अवस्था सामान्य छ। बसमा जम्मा ११ जना सवार थिए। प्रारम्भिक अनुसन्धानले तीव चालकले सन्तुलन गुमाउँदा दुर्घटना भएको संकेत गरेको छ। घाइतेहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा उपचार भइरहेको छ।

यसैबीच, सोही दिन पोखरा-२२ मा भएको अर्को बस दुर्घटनामा दुई जना भारतीय पर्यटक गम्भीर घाइते भएका छन्। घाइते हुनेमा भारतको छत्तीसगढका ६५ वर्षीया रेखा साहु र ६१ वर्षीय कोमलराम साहु रहेका छन्। अन्य घाइतेहरूको अवस्था मध्यमदेखि सामान्य रहेको प्रहरीले जनाएको छ।

सामुदायिक प्रहरी
अख्तियार अनुसन्धान
Leave A Reply

Your email address will not be published.