कोटि होम १

चितवनका अटोमोबाइल्स व्यवसायीहरूको पर्यटन प्रवद्र्धन लक्ष्यसहित बाइक राइड

पोखरा  । चितवनका अटोमोबाइल्स व्यवसायी युवाहरू आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यसहित रोमाञ्चक बाइक राइडमा निस्कने भएका छन्। आगामी चैत १४ देखि १७ गतेसम्म चार दिने यो यात्रा चितवनको भरतपुरबाट सुरु हुनेछ।

‘एक्स्प्लोरिङ रुकुम’ शीर्षकमा आयोजित यो बाइक राइडको मुख्य गन्तव्य रुकुम पूर्वको एक हजार वर्ष पुरानो ऐतिहासिक टकसेरा गाउँ हो। कार्यक्रम संयोजक अमृत जोशीका अनुसार यात्रा नारायणगढबाट सुरु भई पोखरा, बागलुङ हुँदै मध्यपहाडी लोकमार्गको आर्थिक मेरुदण्ड मानिएको सडक मार्ग पछ्याउँदै अगाडि बढ्नेछ। यात्रामा घोडाबाँधे, गलकोट दरबार, बुर्तिबाङ बजार, पातिहाल्ने भञ्ज्याङ, चौरीखर्क, महत गाउँ, रुकुमकोट हुँदै टकसेरासम्म पुगिनेछ।

Nawa Srijana

त्यसपछि बाइक राइड टोलीले वामिटक्सार, पवित्र धार्मिक स्थल रिडी, प्रेमको प्रतीक रानीमहलको अवलोकन गर्दै चीनको कोरला नाका जोड्ने कालीगण्डकी करिडोरको पाल्पा–रामपुर सडक हुँदै नारायणगढ फर्केर यात्रा समापन गर्नेछ।

कार्यक्रमलाई सफल बनाउन विभिन्न संघ–संस्थाले सहयोग गरेका छन्। संस्थागत सहयोगीको रूपमा लायन्स क्लब अफ चितवन अटोमोबाइल्स रहेको छ भने टेक्निकल पार्टनरको रूपमा लक्की मोटरसाइकल वर्कसपले साथ दिएको छ। त्यस्तै, व्यावसायिक सहयोगीहरूमा सेन्टर कलेज भरतपुर, हिमानी एजुकेसन, मनकामना पार्टस उद्योग र भि.एस.के. पार्टस रहेको मोहन केसीले जानकारी दिए।

सामुदायिक प्रहरी
अख्तियार अनुसन्धान
Leave A Reply

Your email address will not be published.