कोटि होम १

मिडियामैत्री बजेट ल्याउन गण्डकी प्रदेश सरकारलाई प्रेस चौतारीको आग्रह

पोखरा । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिले मिडियामैत्री बजेट ल्याउन गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ ।

प्रेस चौतारी गण्डकीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष ६ बुँदे मागपत्र बुझाउँदै बजेट व्यवस्थापन गरिदिन आग्रह गरेको हो ।

प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिका अध्यक्ष इन्द्रप्रसाद पौडेलले आइतबार मुख्यमन्त्री पाण्डेसमक्ष माग पेश गर्दै आगामी आर्थिक वर्षमा बजेट व्यवस्थापन गरिदिन आग्रह गरेको छ ।

प्रेस चौतारी गण्डकी प्रदेश समितिले मुख्यमन्त्री पाण्डेसमक्ष गण्डकी प्रदेशभरका पत्रकारको बीमा गरिदिन आग्रह गरेको छ । प्रदेश भरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने कार्यक्रमको व्यवस्था गर्न समेत आग्रह गरेको छ ।

Nawa Srijana

यस्तै, लोक कल्याणकारी विज्ञापनका लागि छुट्याइएको बजेट न्यून भएकाले वृद्धि गर्न आग्रह गरेको छ । प्रदेशस्तरीय पत्रकार संघसंगठनहरुलाई अनुदान सहयोगको नीतिगत व्यवस्था गर्न प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिले आग्रह गरेको छ ।

आफ्नै कार्यालय भवन नभएका जिल्लामा पत्रकार महासंघको भवन निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापनसहित बजेट व्यवस्थापन गरिदिन माग गरेको छ । साथै पत्रकारको क्षमता अभिवृद्धिका लागि उच्चस्तरीय तालिम, सेमिनार शीर्षकमा पर्याप्त बजेट विनियोजन गरिदिन समेत प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिले माग गरेको छ ।

यतिबेला गण्डकी प्रदेश सरकार आर्थिक वर्ष २०८२–०८३ को बजेट निर्माण प्रक्रियामा व्यस्त रहेको र यसै सन्दर्भमा आफ्ना मागहरु प्रस्तुत गरेको प्रेस चौतारी गण्डकीले जनाएको छ । प्रेस चौतारीले मागपत्र पेश गरे पनि यो सवै पत्रकारहरुको माग रहेको भन्दै कार्यान्वयन गरिदिनु हुन समेत अनुरोध गरिएको छ ।

गण्डकी प्रदेश सरकार गठनदेखि सञ्चार क्षेत्रको हित र प्रवर्द्धनमा सरकारले गर्दै आएको सहकार्य र सहयोगप्रति प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिले आभार समेत व्यक्त गरेको छ ।

अझै सहयोगको दायरालाई फराकिलो पार्दै पत्रकारको क्षमता अभिवृद्धि तथा सञ्चार क्षेत्रको विकासका लागि गण्डकी सरकार लाग्नेछ भन्नेमा विश्वस्त रहेको प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समिति अध्यक्ष इन्द्रप्रसाद पौडेलले बताए ।

सामुदायिक प्रहरी
अख्तियार अनुसन्धान
Leave A Reply

Your email address will not be published.