कोटि होम १

तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टी–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा

पोखरा । गण्डकी प्रदेशको क्रिकेट विकासमा समर्पित प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी जेठ ३१ गतेदेखि असार ६ गतेसम्म ‘तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टि२० आई प्रतियोगिता–२०८२’ आयोजना गर्ने भएको छ । आयोजकले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।

क्रिकेटको बढ्दो लोकप्रियता र खेलकुदको भविष्यलाई मध्यनजर गर्दै आयोजना गरिँदै आएको प्रतियोगितामा यस वर्ष गण्डकी प्रदेशका आठ जिल्लाको सहभागिता रहनेछ ।

पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा आयोजना हुने प्रतियोगिता दुई समूहमा विभाजनमा गरि सञ्चालन हुनेछ । समूह ‘ए’ मा स्याङजा, बाग्लुङ, तनहुँ र म्याग्दी रहँदा समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा रहेका छन् । प्रत्येक दिन दुई खेल हुने गरी तालिका तय गरिएको छ ।

संघका अध्यक्ष सञ्जयकान्त सिग्देलका अनुसार प्रतियोगिता युवा खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरेका छन् । पत्रकारहरुको जिज्ञासाका बारेमा जानकारी दिंदै अध्यक्ष सिग्देलले कठिन समय र परिस्थितीका बाबजुद प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा प्रतियोगिता आयोजना गरिएको बताए । उनले भने–“हामी संग स्रोत र साधनको अभाव छ । तर पनि हामी जुन सुकै कठिन परिस्थितीका बाबजुद यो प्रतियोगिता सञ्चालन गर्दैछौं । क्रिकेटको बढ्दो लोकप्रियता संगै विभिन्न जिल्लामा छरिएर रहेका यूवा पुस्तालाई एक्सपोजर दिन पनि यो प्रतियोगिताको भूमिका महत्वपूर्ण रहनेछ ।”

Nawa Srijana

प्रतियोगिताको विजेता टिमले नगद रु १ लाख, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु २ हजारसहित ट्रफी प्रदान गरिनेछ । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले रु १ हजार नगद र ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगितालाई सफल रूपमा सम्पन्न गर्न पूर्व क्यान केन्द्रीय सदस्य ऋषीराम गौतमलाई संयोजक तोकिएको छ । गण्डकी क्रिकेट संघका सदस्य समेत रहेका गौतमले क्रिकेटको विकासका लागि प्रदेश सरकारले प्रतियोगिता र पूर्वाद्धार विकासका लागि रकम विनियोजन गर्न आग्रह गरे । उनले भने–“हाम्रो मात्र प्रयासले क्रिकेटको विकास सम्भव छैन । यसमा प्रदेश सरकारको समेत उत्तिकै दायित्व रहन्छ । हरेक वर्ष वजेट विनियोजन भएमा खेलाडी उत्पादन सहज रुपमा अघि बढ्छ ।”

संघले सञ्चारकर्मीहरूलाई प्रतियोगितालाई आफ्नो माध्यमबाट प्रचारप्रसार गरी खेलाडी र आयोजकको हौसला बढाइदिन समेत अनुरोध गरेको छ ।

प्रतियोगिता पोखरा रंगशालाको एक मात्र क्रिकेट मैदानमा हुनेछ, जुन आगामी यू–१९ महिला टि२० आई विश्वकप २०२७ को सम्भावित स्थल समेत हो।

 

सामुदायिक प्रहरी
अख्तियार अनुसन्धान
Leave A Reply

Your email address will not be published.