सुचना१
newa srijana

पोखरामा सूचना प्रविधि सम्बन्धि दुईदिने सम्मेलन सम्पन्न

पोखरा । पोखरामा सूचना प्रविधि सम्बन्धी दुईदिने बृहत् सम्मेलन सम्पन्न भएको छ । वर्डप्रेस पोखरा समाजको आयोजनामा हिजोदेखि सुरु भएको यो सम्मेलनमा नेपाल तथा विदेशका सूचना प्रविधि विज्ञहरूले वेब डिजाइन, साइबर सुरक्षा, युजर इन्टरफेस डिजाइन, डिजिटल सामग्री निर्माण, सर्च इन्जिन अप्टिमाइजेसन, मेसिन लर्निङ, आर्टिफिसियल इन्टेलिजेन्स, र वर्डप्रेस समुदायको विकासजस्ता विषयमा आफ्ना अनुभव र ज्ञान आदानप्रदान गरेका थिए ।

दुई दिन सम्म चलेको सम्मेलनमा नेपालका तर्फबाट आइटी विज्ञ नारायण कोइराला, मिलन खनाल, क्षितिज बराल, सारिका घिमिरे, आविष्कार भट्टराई, जर्मनका अर्तुर न्युमन, भारतबाट आदित्य शाह, आस्था जैन, अभिषेक कौशिक, बंगलादेशबाट ममुता हिना फागुनी लगायत ३० जना आइटी विज्ञहरु वक्ताका रुपमा रहनुभएको थियो ।

सम्मेलनमा दोस्रो दिन आज नेपाल सन्दर्भमा डिजिटल नोम्याड सम्भवना र चुनौतीहरु विषयाक बहसमुलक संवाद समेत गरिएको छ । बहसमा आइटी विज्ञ अनिकेश मिश्र, अर्तुर न्युमन, निहार चमरबन्दु, सविन बराल रहनुभएको थियो भने सुवास खड्काले सहजिकरण गर्नुभएको थियो ।

Pokhara महोत्सव

सम्मेलनमा नेपाल, बंगलादेश, भारत, जर्मन, फिलिपिन्स लगायत देशहरुबाट करिब आठ सय जनाको उपस्थिति रहेको वर्डप्रेस पोखरा समाजका सहसंयोजक पारस देवकोटाले जानकारी दिनुभयो ।

वर्डप्रेस पोखरा समाजका सहसंयोजक पारस देवकोटा

सूचना प्रविधि सम्मेलनले सुचना प्रविधि क्षेत्रका व्यक्तिहरुलाई प्रशिक्षण गराउनुका साथै आपसी सहयोग तथा सहकार्यलाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलेको देवकोटाले बताए ।
पोखरामा दुई वर्ष अघि पनि सुचनाप्रविधी सम्बन्धि वर्डक्याम्प नेपाल सम्मेलन भएको थियो ।

पुल सेन्टर
वडा नं २६