कोटि होम १

गण्डकी प्रदेशमा प्रेस चौतारीको प्रशिक्षण वर्ष २०८२ को शुभारम्भ

पोखरा । प्रेस चौतारी नेपालले गण्डकी प्रदेशमा प्रशिक्षण वर्ष २०८२ को शुभारम्भ गरेको छ। पोखरामा आयोजित प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिको दोस्रो पूर्ण बैठक तथा दुईदिने आर्थिक पत्रकारिता केन्द्रित क्षमता अभिवृद्धि तालिममार्फत यो कार्यक्रम सुरु भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले एमाले सरकारका पालामा विकासले गति लिएको दाबी गरे। उनले एमालेले जनमुखी काम गरे पनि ती कामको गलत व्याख्या हुने गरेको र प्रगतिका विषयलाई ओझेलमा पार्ने प्रयास भइरहेको गुनासो गरे।

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले प्रशिक्षण वर्ष २०८२ लाई संगठनका हरेक सदस्यसँग जोड्ने गरी सुरु गरिएको बताए। उनले मोफसलमा सबैभन्दा बढी श्रमजीवी पत्रकार प्रेस चौतारीसँग आबद्ध रहेको दाबी गरे।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीद्वारा कार्यक्रम उद्घाटन
Nawa Srijana

प्रशिक्षणका प्रमुख प्रशिक्षक तथा संगठनका महासचिव हिरामान लामाले मिडियाको महत्व, प्रेस चौतारीको स्थापना, जनताको बहुदलीय जनवाद, पत्रकारिता, आमसञ्चारका मुद्दा, समाजवादको आधार, नेपाली क्रान्तिको विशेषता, प्रचारको प्रयोग र दुरुपयोगलगायत विषयमा प्रशिक्षण दिए। उनले सूचनाप्रविधि हाल दलाल पूँजीवादको नियन्त्रणमा रहेको र यसलाई श्रमजीवी जनताको पक्षमा ल्याउनुपर्ने आवश्यकता औंल्याए। साथै, अहिलेको मिडियामा सूचना प्रवाहभन्दा व्यापार, तथ्यभन्दा प्रचार, निष्पक्षताभन्दा मिसन र सूचनाको दुरुपयोग बढी भइरहेको बताए।

कार्यक्रममा प्रेस चौतारी नेपाल नीति तथा अनुसन्धान आयोगका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, प्रेस काउन्सिल नेपाल तथा आर्थिक पत्रकार समाजका केशवशरण लामिछाने र गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी उपसचिव पार्वती लामिछानेले सहजीकरण गरेका थिए।

प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिका अध्यक्ष इन्द्रप्रसाद पौडेल

प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिका अध्यक्ष इन्द्रप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश उपसचिव तथा प्रचार विभाग प्रमुख मञ्जु अधिकारी, एमाले केन्द्रीय प्रचार विभाग सदस्य रामकृष्ण ज्ञवाली र प्रेस चौतारी गण्डकी प्रदेश इन्चार्ज गणेश पौडेलले मन्तव्य राखेका थिए।

कार्यक्रममा उपाध्यक्ष इतराज गुरुङ (असिफ) ले स्वागत मन्तव्य राखेका थिए भने महासचिव आश गुरुङले सञ्चालन गरेका थिए।

सामुदायिक प्रहरी
अख्तियार अनुसन्धान
Leave A Reply

Your email address will not be published.