कोटि होम १

मादी ५ मा निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर ८१ जनाले लिए सेवा

पोखरा । नेपाल परिवार नियोजन संघ कास्कीको आयोजना र मादी गाउँपालिकाको सहयोगमा मादी गाउँपालिका वडा नं. ५ मा निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर र सचेतना कार्यक्रम सम्पन्न भएको छ।

चण्डिका आधारभूत विद्यालयको प्रांगणमा आयोजित शिविरमा ८१ जनाले स्वास्थ्य सेवा प्राप्त गरे। शिविरको उद्घाटन गर्दै वडा अध्यक्ष हुमानाथ अधिकारीले स्थानीयको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राखी यस्ता कार्यक्रम आयोजना गरिएको बताए।

Nawa Srijana

मादी गाउँपालिका स्वास्थ्य शाखाका जन स्वास्थ्य निरीक्षक गोपाल चन्द्र बरालले प्रत्येक व्यक्तिले आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्नेमा जोड दिए। नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले स्थानीय सरकार, आमा समूह, टोल विकास संस्था र क्लबहरूसँगको सहकार्यमा संघले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे।

शिविरमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. प्रेम पंगेनीको नेतृत्वमा स्वास्थ्य सेवा प्रदान गरिएको थियो। कार्यक्रमको सञ्चालन वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारीले गरेका थिए भने सभापति सिग्देलले अध्यक्षता गरेका थिए।

यस्ता स्वास्थ्य शिविरले ग्रामीण क्षेत्रमा यौन तथा प्रजनन स्वास्थ्यबारे सचेतना फैलाउन र सेवा पुर्‍याउन महत्त्वपूर्ण योगदान पुर्‍याएको स्थानीयले बताए।

सामुदायिक प्रहरी
अख्तियार अनुसन्धान
Leave A Reply

Your email address will not be published.