कोटि होम १

हेमजाकाे फेदिमा इभि गाडी दुर्घटना,६ जना घाईते

पाेखरा । पाेखरा २५ हेमजाकाे फेदिमा इभि गाडी दुर्घटना हुदा ६ जना घाईते भएका छन् ।

पाेखराबाट नाैडाँडातर्फ जाँदै गरेकाे ग १ ज ८६९१ नं.को इभि गाडी चालकले नियन्त्रण गुमाई सडकको बायाँ साइडमा पल्टन गई दुर्घटना भएकाे कार्यालय प्रमुख इन्स्पेक्टर शोभा पाण्डेयले जानकारी दिए ।

उनका अनुसार साे दुर्घटनामा परि घाईते हुनेमा पोखरा म.न.पा.१७ घारिपाटन बस्ने ३४ वर्षीय गाडी चालक कुशल रत्न परियार, पर्वत जिल्ला जलजला गा.पा.४ मल्लाज बस्ने ३७ वर्षीय हर्क ब.बि.क., कास्की जिल्ला अन्नपुर्ण गा.पा.१ नौडाँडा बस्ने २७ वर्षीय दिपेश परियार,२७ वर्षीय रितिका परियार, ४ वर्षीय रेगन परियार र १ वर्षीय रियान्त परियार रहेका छन् ।

Nawa Srijana

चालक कुशल रत्न परियारकाे टाउको, घाँटी, अनुहारमा र दायाँ हातमा चोट लागेकाे छ भने हर्क ब.बि.ककाे बायाँ हात, बायाँ कोखा र दायाँ खुट्टामा चोट लागेकाे छ । निजहरुकाे गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ ।

यस्तै दिपेश परियारकाे टाउकोमा, रितिकाकाे टाउको र घुडामा चोट लागेकाे छ । यस्तै रेगन र रियान्तकाे बाहिर चाेट देखिएकाे छैन । अवस्था सामान्य छ । उनीहरु सबैकाे मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेकाे छ ।

यस्तै दिपेश परियारकाे टाउकोमा, रितिकाकाे टाउको र घुडामा चोट लागेकाे छ । यस्तै रेगन र रियान्तकाे बाहिर चाेट देखिएकाे छैन । अवस्था सामान्य छ । उनीहरु सबैकाे मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेकाे छ ।

सामुदायिक प्रहरी
वडा नं २६
Leave A Reply

Your email address will not be published.