सुचना१
हेमाजा हिले महोत्सव

कास्कीको अन्नपुर्ण गाँउपालिकाले ल्यायोे ६५ करोड १५ लाखको बजेट

अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२\०८३ को वार्षिक बजेट आज मंगलवार ल्याएको छ । गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले गाउँसभामा आगामी वर्षको बजेट  कार्यक्रम प्रस्तुत गर्नु भयेा ।
गाउँपालिकाले आगामी वर्षका लागि रू ६५ करोड १५ लाख ३४ हजार ७ सय ७५ को बजेट ल्याएको हो ।


जस अन्तर्गत चालु खर्चका लागि रू ४३ करोड ३२ लाख ६२ हजार ७ सय ७५ र पूँजीगत तर्फ रू २१ करोड ८२ लाख ७२ हजार खर्च हुने अनुमान  गरिएको उपाध्यक्ष अधिकारीले बताउनु भयेा ।

बजेटको स्रोतमा नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान तर्फ रू ११ करोड ५७ लाख, नेपाल सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँड तर्फ रू ११ करोड ८२ लाख, ९८ हजार ७ सय ७५ नेपाल सरकार ससर्त अनुदान तर्फ रू २९ करोड ८१ लाख अनुमान गरिएको छ ।

यसैगरी नेपाल सरकार समपुरक अनुदान तर्फ रू ३ करोड,नेपाल सरकार विशेष अनुदान रकम रू २ करोड ५५ लाख, गण्डकी प्रदेश सरकार राजस्व बाँडफाँड रू १ करोड़ ४ लाख ६२ हजार, गण्डकी प्रदेश सरकार समपुरक अनुदान तर्फ रु ६० लाख रहेको छ ।

बजेटको स्रोतमा गण्डकी प्रदेश सरकार समानीकरण अनुदान तर्फ रु १ करोड़ ३२ लाख ७४ हजार, गण्डकी प्रदेश सरकार विशेष अनुदान रकम रू ४० लाख र चालु आर्थिक बर्षको लागी आन्तरिक स्रोत अनुमान रू ३ करोड व्यहोरिने अनुमान गरिएको छ ।

समुन्नत र समृद्ध अन्नपूर्ण निर्माणका लागि कृषि पर्यटन उर्जा र पूर्वाधार, अन्नपूर्ण समृद्धिको आधार भन्ने दिर्घक़ालीन दृष्टिकोणलाई आत्मसाथ गर्दै आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरेको छ ।

वडा नं २६
Sadak 1
पुल सेन्टर
Leave A Reply

Your email address will not be published.