newa srijana

हेमजाले राजगोमनलाई ‘वडा सर्प’ र गोठे लाटोकोसेरोलाई ‘वडा पंक्षी’ घोषणा गर्‍यो

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २५, हेमजाले राजगोमन (कालिनिाग) लाई ‘वडा सर्प’ र गोठे लाटोकोसेरोलाई ‘वडा पंक्षी’ घोषणा गरेको छ ।

स्नेक कन्जर्भेसन सोसाईटी नेपालको आयोजना, प्रकृतिका साथीहरुको सहकार्य र पोखरा महानगर पालिका वडा नं. २५ हेमजाको आर्थिक सहयोगमा शनिबार भएको लाटोकोसेरो र सर्प संरक्षण तथा जनचेतना मुलक कार्यक्रममा वडा सर्प र वडा पंक्षी घोषणा गरिएको हो ।

कार्यक्रममा पोखरा महानगर पालिकाका प्रवक्ता तथा वडा नं. २५ हेमजाका वडा अध्यक्ष मोतीलाल तिम्सिनाले राजगोमन (कालिनिाग) लाई ‘वडा सर्प’ र गोठे लाटोकोसेरोलाई ‘वडा पंक्षी’ घोषणा गरेका हुन् ।

Mountain run pokhara click

वडा कार्यलयको वैठकबाट निर्णय गरेर शनिबार उक्त कार्यक्रममा औपचरीक रुपमा वडासर्प र वडापंक्षी घोषणा गरिएको अध्यक्ष तिम्सिनाले जानकारी दिए । नेपालमा यस सर्पलाइ वडा सर्पको रुपमा घोषणा गर्ने पोखरा महानगरपालिका वडा नं. २५ हेमजा पहिलो स्थानीय तह हो। जैविक विविधताको रक्षा र राजगोमनलाई सम्मान जनाउदै यो घोषणा गरिएको हो ।

संसार भरि लगभग ४ हजार प्रजातिका सर्प पाइन्छन् । त्यसमध्ये नेपालमा करिव ८२ प्रजातिका सर्प पाइन्छन् भने कास्कीमा करिव ४० र हेमजामा करिव २२ प्रजातिका सर्पहरु अभिलेख गरिएको छ ।

राजगोमनले मुख्यतः सर्प खाने भएकोले अन्य सर्पहरु संख्या नियन्त्रण गर्न ठूलो भूमिका खेलेको हुन्छ । लज्जालु प्रजातिको यो सर्प हेमजाका खोला नदी बनजं·लहरुमा गुँड बनाएर बच्चा पनि हुर्काउछ । विशेष गरि परापूर्वकाल देखि नै यो सर्पलाई नाग पञ्चमीका दिन पुजा गरिदै आएको छ ।

राजगोमको गुँड अभिलेखन, संरक्षण र जनचेतना कार्यक्रमहरु स्नेक कन्जर्भेसन सोसाईटी नेपालले बिगत ८ वर्ष देखि गर्दै आएको छ । यसैगरी नेपालमा लाटोकोसेरोलाई वडा पंक्षीको रुपमा घोषणा गरिएको यो दोस्रो हो । यस अघि खोटाङ जिल्लाको जालपामा हाप्सिलोलाई घोषाण गरी विभिन्न संरक्षणका काम हुदै आएको छ ।

सिटीजन फनिच्रर

विश्वभर हालसम्म २ सय ५० भन्दा बढी प्रजातिका लाटोकोसेरो अभिलेख गरिएका छन् जसमध्ये २३ प्रजाति नेपालमा पाइन्छ । ती मध्ये १३ प्रजाति पोखरा उपत्यका र ७ प्रजाति हेमजा क्षेत्रमा अभिलेख गरिएको प्रकृतिका साथीहरुका निर्देशक राजु आचार्यले जानकारी दिए ।

उनका अनुसार थप अनुसन्धान गरेको यो संख्या वढ्न सक्नेछ ।

लाटोकोसेरो मानव बस्ती नजिकै वस्न रुचाउने पंक्षी जसका कारण हेमजाको क्षेत्र यसको लागि उपयुक्त बासस्थान भएको हुनाले यहाँ उल्लेख्या संख्यामा पाइन्छ । लाटोकोसेरोले मुसा खाएर मुसा नियन्त्रण ठूलो भूमिका खेल्ने भएकोले पनि यसलाई किसानको साथी पनि भनिन्छ ।

गोठे लाटोकोसेरोको एउटा परिवारले एक सिजनमा २ हजार देखि ३ हजार सम्म मुसाहरु खान सक्छ जसले गर्दा कृषि उत्पादनमा बृद्धि गर्न सहयोग पु¥याउने आचार्यले बताए ।

लाटोकोसेरो संरक्षणका लागि प्रकृतिका साथीहरु संस्था र डिभिजन वन कार्यालय कास्कीले पोखरा महानगर पालिका वडा नं. २५ सँग सहकार्य गरि यस क्षेत्रमा धेरै कार्यक्रम समेत गरिसकेको छ । ह्टिली पुरस्कारको रकम प्रकृतिको साथीहरु संस्था मार्फत यस क्षेत्र संरक्षण विभिन्न गतिविधि सञ्चालन भएका छन् । यस अघि पनि हेमजा रहेको तिब्रेकोट सामुदायिक वनलाई लाटोकोसेरो संरक्षीत वन घोषणा गरिसकिएको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष तिम्सिनाले यो घोषणले हेमजाको क्षेत्रलाई अध्ययन अनुसन्धानको थलो बनउदै पर्यापर्यटन प्रवद्र्धन गर्न सकिने विश्वास व्यक्त गरे। कार्यक्रममा प्रकृतिका साथीहरु संस्थाका निर्देशक राजु आचार्यले लाटोकोसेरो तथा स्नेक कन्जर्भेसन सोसाईटी नेपालका अध्यक्ष डा. रामाजी गौतम र अनुसन्धानकर्मी अभिशेक सापकोटाले सर्पको विषयमा सहजिकरण गरेका थिए ।

स्नेक कन्जर्भेसन सोसाईटी नेपालका अध्यक्ष डा. रामजी गौतमको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष तथा संरक्षणकर्मी केशवराज सापकोटाले स्वागत र सचिव प्रकाशचन्द्र सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए ।

Rabin photo