newa srijana

पाचौं हेमजा हिले महोत्सवको तयारी पुरा

पोखरा ।  देवीस्थान सेवा समाज हेमजाको आयोजनामा यहि असार १५ गते हुने पाचौं हेमजा हिले महोत्सवको तयारी पुरा भएको छ ।

महोत्सव अन्तर्गत हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, कृषि झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, हलगोरु तथा जोडी दौड, आमा समूह बीच असारे भाका, हिलोमा भाले तथा माछा समाउने लगायतका प्रतियोगिता हुँदैछन् ।

महोत्सवको तयारी स्वरुप महोत्सव स्थल वरपर सरसफाई गरिसकिएको छ भने खेत हिल्याउने कार्य समेत सुरु भएको छ । हेमजालाई कृषि पर्यटनसँग जोड्न विष्णुपादुका धार्मिक क्षेत्रको प्रवर्द्धन गर्न, आन्तरिक र बाह्य पर्यटनको आगमन बढाउन, हेमजाका कृषकहरूको सम्मान र युवाहरूलाई कृषिमा प्रोत्साहनका गर्नका लागि हेमजा हिले महोत्सवलाई निरन्तरता दिएको समाजका अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए ।

Mountain run pokhara click

कृषकको चाडको रुपमा सञ्चालन हुने यस महोत्सवले  कृषि क्षेत्रका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको सामाजकी उपाध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक चन्द्र्रकला पोख्रेलले बताइन ।

सिटीजन फनिच्रर

‘कृषिमा कृषकलाई प्रोत्साहनस् विष्णुपादुका मन्दिर हेमजाको सान’ नाराका साथ स्थानीय देवीस्थान टोलमा महोत्सव हुँदैछ ।जसमा विभिन्न कलाकारले प्रस्तुति समेत राख्नेछन् ।

प्रतियोगितामा प्रथम तथा द्वितीय हुने व्यक्ति वा समूहलाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ। महोत्सव सञ्चालनका लागि करिव रु ९ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको देवीस्थान सेवा समाजको कोषाध्यक्ष मोहन भण्डारीले जानकारी दिए ।

वडा न.२५ ,हेमजाका अध्यक्ष एवं पोखरा महानगर प्रवक्ता  मोतीलाल तिम्सिना ज्युको प्रमुख अतिथियतामा कार्यक्रमको उद्घाटन हुने आयोजकले जानकारी दिएको छ । झाकी व्यवस्थापन संयोजक विष्णु थापाका अनुसार असार १५ गते बिहान ठिक ९ः३०  बजे विष्णुपादुका माई स्थान मन्दिर बाट सुरु हुने झाकी देविस्थान मार्ग हुँदै मिलचोक परिकमा गरी महोत्सव स्थल पुग्ने छ ।

Rabin photo