newa srijana

इन्टरसिटी एडभेन्चर ट्राभल्सले पर्यटक लक्षित छोरेपाटन–काठमाडौं लग्जरी बस सेवा सुरु

पोखरा । इन्टरसिटी एडभेन्चर ट्राभल्स एण्ड टूर प्रा.लि.ले पोखराको छोरेपाटनबाट काठमाडौंसम्म अत्याधुनिक लग्जरी बस सेवा सुरु गरेको छ।

पृथ्वी राजमार्ग बस व्यवसाय समितिका अध्यक्ष योगेन्द्र केसीले आज रिबन काटेर बसको उद्घाटन गर्नुहुँदै यात्रुको आवश्यकता र चाहनाअनुसार गुणस्तरीय, आरामदायी र प्रविधिमैत्री सेवा प्रदान गर्न समितिसहित व्यवसायीहरू नयाँ लगानी र पहलमा सक्रिय रहेको बताउनुभयो। उहाँले समय र प्रविधिको मागअनुसार सेवाहरू परिमार्जन गर्न नसके व्यवसायमै पछि पर्ने अवस्था आउन सक्ने समेत बताउनुभयो।

Mountain run pokhara click

निकट भविष्यमा मिनिबार सुविधा र थप प्रविधियुक्त गाडीहरू सञ्चालन गर्ने तयारी समितिको रहेको अध्यक्ष केसीको भनाई छ। यो बस सञ्चालनका लागि कासिराम न्याैपाने, रामु न्यौपाने र अमित बहादुर भण्डारी `माइला’ले संयुक्त रूपमा ४ करोड रुपैयाँ लगानी गर्नुभएको छ। छोरेपाटनमा काउण्टर रहेको यस कम्पनीले पर्यटक लक्षित चार वटा बस मार्फत पोखरा – काठमाण्डौ र काठमाण्डौ – पोखरा गरी दैनिक सेवा दिने छ।

“पर्यटक तथा स्थानीय यात्रीका लागि सहज र गुणस्तरीय सेवा प्रदान गर्नु हाम्रो प्राथमिकता हो,” सञ्चालक कासिराम न्याैपानेले भन्नुभयो। उहाँका अनुसार यो सेवा काठमाडौं–पोखरा यात्रा अझ सुरक्षित, आरामदायी र व्यवस्थित बनाउने उद्देश्यले सुरु गरिएको हो।

सिटीजन फनिच्रर

शर्माका अनुसार, गाडीमा वाइफाइ, आरामदायी सिट, सीसीटीभी सुरक्षा र अनुभवी चालकको व्यवस्था गरिएको छ। यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै नियमित मर्मतसम्भार तथा समयमै सेवा सुरुवातमा विशेष ध्यान दिइएको छ।

पृथ्वी राजमार्ग बस सञ्चालक समिति लिमिटेड अन्तर्गत सञ्चालित बसबाट यात्रुहरू अब हरेक दिन बिहान र बेलुका गरी दुई–दुईवटा लग्जरी बस छुट्ने छन्। बसमा विशेषगरी रातको लामो यात्रालाई आरामदायी बनाउन बसमा स्लिपर सिट, एसी, वाइफाइ, मोबाइल चार्जिङ, चिया–बिस्कुट, स्न्याक्स र ब्ल्याङ्केटजस्ता सुविधाहरू रहेको अर्का सञ्चालक अमित बहादुर भण्डारीले जानकारी दिनुभयो।

“यो बस प्रविधियुक्त र पर्यटकमैत्री हो, हामीले यात्रुहरूलाई घरजस्तो महसुस गराउने सबै सुविधा राखेका छौं, बस सेवा आन्तरिक र बाह्य पर्यटकलाई जोड्न तयार पारिएको हो,” भण्डारीले भन्नुभयो।

कम्पनीले हालका लागि पोखरा – काठमाडौंको भाडादर १५ सय रुपैयाँ तोकेको छ। आगामी दिनमा थप गाडी र सेवा विस्तार गर्ने योजना इन्टरसिटी एडभेन्चर ट्राभल्सको छ।

 

Rabin photo