सुचना१
हेमाजा हिले महोत्सव

क्लबस्तरीय पुरुष भलिबल असार २४ देखि पोखरामा, तयारी अन्तिम चरणमा

पोखरा । पोखराको नदीपुरमा यही असार २४ देखि २८ गतेसम्म हुने क्लबस्तरीय पुरुष भलिबल तथा भेट्रान्स भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । लामा अमृत फाउन्डेसन घान्द्रुकको आयोजनामा पोखराको नदीपुरमा सञ्चालन हुने तेस्रो संस्करणको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो ।

फाउन्डेसनका संस्थापक लामा अमृत गुरुङले तेस्रो संस्करणको पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुख्य नारासहित असार २४ देखि २८ गतेसम्म प्रतियोगिता सञ्चालन गर्दै छौं,’ संस्थापक गुरुङले भने, ‘सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशील रहँदै आएको फाउन्डेसनले आयोजना गरेको प्रतियोगिता पोखरा ३ नदीपुर छन्त्याल समाजको भलिबल कोर्टमा हुनेछ ।’

२०७५ र ०७६ सालमा क्रमशः पहिलो र दोस्रो संस्करणका प्रतियोगिता भएका छन् । यसपालिको प्रतियोगितामा सहभागी हुन एक टिममा सातौं, आठौं र नवौं राष्ट्रिय खेलकुद तथा राष्ट्रिय पुरुष भलिबल टिमका ३ जना खेलाडी समावेश गर्न पाइनेछ । भेट्रान्स भलिबलमा ३८ वर्ष उमेर पूरा भएको खेलाडीमात्र समावेश गर्न पाइनेछ ।

प्रतियोगिताका विजेताले १ लाख २५ हजार, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ३० हजार र सान्त्वना स्थान हासिल गर्नेले १५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् । भेट्रान्सतर्फ विजेताले ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगिताको विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर, उदीयमान खेलाडी र प्रशिक्षकले पुरस्कार प्राप्त गर्ने छन् । क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा ६ टिमलाई मात्र सहभागी गराउने लामा अमृत फाउन्डेसन घान्द्रुकले जनाएको छ ।

क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा ५ समूहको मात्र सहभागिता भए राउन्ड रोविनको आधारमा सञ्चालन हुने अन्र्तराष्ट्रिय भलिबल रेफ्री टहलसिंह थापामगरले बताए । ‘क्लबस्तरीय प्रतियोगितामा ६ टिमलाई मात्र समावेश गर्ने आयोजकले निर्णय गरेको छ, अहिलेसम्म ५ टिमले सहभागिता जनाउने जानकारी आएको छ,’ थापामगरले भने, ‘प्रतियोगितामा ६ टिमको नै सहभागिता भए लिग चरण र ५ टिमको मात्र सहभागिता भए राउण्ड रोविनको आधारमा सञ्चालन गर्छौ ।’

प्रतियोगितामा आयोजना गरिएको भेट्रान्सतर्फका खेल भने नकआउटको आधारमा सञ्चालन गर्ने लामा अमृत फाउण्डेशनले जनाएको छ । प्रतियोगिताको पहिलो दिन दर्शकलाई निशुल्क प्रवेश रहेपनि दोस्रोदिन देखि टिकटको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगितासँगै विविध सांस्कृतिक कार्यक्रमहरु समेत हुने आयोजकले जनाएको छ ।

वडा नं २६
Sadak 1
पुल सेन्टर
Leave A Reply

Your email address will not be published.