सुचना१
newa srijana

एनआरएनए न्युजिल्याण्डको अध्यक्षमा डा. अच्युत अर्याल निर्विरोध निर्वाचित

पोखरा । गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्याण्डको २०२५–२०२७ कार्यकालका लागि डा. अच्युत अर्याल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।

संघको हालै सम्पन्न निर्वाचनमा अधिकांश पदमा उम्मेदवारहरू निर्विरोध चुनिए पनि १३ सदस्यीय एनसीसी सदस्य पद रहेकेा मा ९ जनाकेा उम्मेदवारी परेको थियो ।

जसमा निर्वाचित पदाधिकारीहरूमा उपाध्यक्ष (नर्थ आइल्याण्ड) टेक बहादुर गुरुङ (पापामोआ), उपाध्यक्ष (साउथ आइल्याण्ड) मा कृष्णप्रसाद भण्डारी (क्राइष्टचर्च), महासचिवमा नरहरि (कमल) बासेल (ह्यामिल्टन), सचिव (नर्थ आइल्याण्ड) मा सुरेश बुढा थापा (अकल्याण्ड), सचिव (साउथ आइल्याण्ड) मा मिलन जीसी (गोर), कोषाध्यक्षमा सुलभ पौडेल (लिङ्कन), उप–कोषाध्यक्षमा हरिओम सापकोटा (क्विन्सटाउन), र आईसीसी सदस्यमा टीकाराम गिरी (इनभरकार्गिल) रहेका छन्।

Pokhara महोत्सव

एनसीसी सदस्यहरूमा प्रक्षिश निरौला (टिमारु), सीमा थापा (ह्यामिल्टन), उज्वल बास्ताकोटी (इनभरकार्गिल), नमिता दवाडी (क्राइष्टचर्च), आशिक बान्सतोला (डुनेडिन), दमोधर घिमिरे (अकल्याण्ड), रामचन्द्र अर्याल (अकल्याण्ड), सुरेश लामा (क्राइष्टचर्च) र गोविन्दप्रसाद निरौला (वेलिङटन) चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष डा. अर्यालले प्रतिनिधित्व क्षेत्रको विविधताले एनआरएनए न्युजिल्याण्डलाई थप समावेशी बनाउने विश्वास व्यक्त गरे। उनले पारदर्शी र लोकतान्त्रिक ढंगले सम्पन्न निर्वाचनले प्रवासी नेपालीबीचको सहकार्यलाई मजबुत बनाउने उल्लेख गर्दै आगामी दिनमा प्रवासी नेपालीको हकहित र पहिचान संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए।

पुल सेन्टर
वडा नं २६