newa srijana

बागलुङमा आयोजित पत्रकार फुटसलको उपाधि कास्कीलाई

पोखरा । नेपाल पत्रकार महासंघ कास्की शाखाले बागलुङमा सम्पन्न फुटसल प्रतियोगिताको उपाधि जितेको छ। मंगलबार भएको फाइनल खेलमा कास्कीले आयोजक बागलुङ शाखालाई ६–५ गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।

पत्रकार महासंघ कास्कीका सचिव भूपाल गुरुङका अनुसार उपाधिसँगै कास्की टिमले ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ। उत्कृष्ट प्रदर्शनकै कारण कास्कीको जित सम्भव भएको उनले बताए।

World link net

कास्की शाखा समूह ‘क’ मा परेर क्वार्टरफाइनलमा बाई पाउँदै सिधै सेमिफाइनलमा प्रवेश गरेको थियो। सेमिफाइनलमा म्याग्दी शाखालाई ७–२ गोलले पराजित गर्दै कास्कीले फाइनल यात्रा तय गरेको हो। समूह ‘ख’ बाट आयोजक बागलुङको सेतो टिम फाइनलमा पुगेको थियो।

प्रतियोगितामा बागलुङका तीन टिमसहित कास्की, म्याग्दी र पर्वत शाखाका टिमहरूले सहभागिता जनाएका थिए। सबै टिमले उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिममा कास्कीले उपाधि जित्न सफल भयो।

आयोजक बागलुङ शाखाका अनुसार प्रतियोगिताले पत्रकारहरूबीच आपसी समझदारी, मित्रता र खेलप्रतिको रुचि अभिवृद्धि गरेको छ।

सिटीजन फनिच्रर