newa srijana

पोखरा–२५ को सार्वजनिक सुनुवाइ : राम्रा कामको प्रशंसा, चाँडो सक्न स्थानीयको सुझाव

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। वडाले गरेका सेवा र विकास कामबारे स्थानीय बासिन्दाले खुलेर कुरा राखेका थिए।

सुनुवाइमा वडाध्यक्ष तथा महानगरका प्रवक्ता मोतीलाल तिम्सिनासहित जनप्रतिनिधि र कर्मचारीहरूले सहभागीहरूको गुनासो र सुझावहरू सुनेर जवाफ दिएका थिए।

स्थानीयले वडाले गरेका कामको प्रशंसा गरे तर काम सकिने म्याद असार मसान्तसम्म कुर्नु नपरोस्, चैतमै सकियोस् भन्ने सुझाव पनि दिए। उनीहरूले जग्गा हालसाबिक, पुराना घरको अभिलेखीकरण, सार्वजनिक सम्पत्ति, सिसिटिभी, राम्रो शिक्षा, सिधा बस सेवा र बर्खे योजना जस्ता विषय उठाए।

World link net

वडाध्यक्ष तिम्सिनाले सबै कुरा गम्भीरतापूर्वक लिने बताए। सम्झौता गर्न ताकेता गर्दा पनि उपभोक्ता समिति ढिलो आउँछ, त्यसैले काम ढिला हुन्छ, उनले बताए । अब काम अन्तिम महिनासम्म पर्खनु हुँदैन।

उनले यस वर्ष याम्दीदेखि चाक्लेकुलासम्म र अर्को वर्ष चाक्लेकुलादेखि फेदीसम्म सडकबत्ती जडान गरिने योजना सुनाए। हेमजाका चोकहरूमा सिसिटिभी जडान गर्न बैंक र सहकारीहरूसँग सहकार्य भइरहेको पनि बताए।

जग्गा हालसाबिक प्रक्रियामा झन्झट भएको भन्दै नापी कार्यालयसँग वडामै अस्थायी शाखा खोल्न अनुरोध गरिएको जानकारी दिइएको छ। दुई महिनाभित्र समाधान नभए वडामै आएर काम गर्ने प्रतिबद्धता नापी कार्यालयबाट व्यक्त गरिएको छ।

सिटीजन फनिच्रर