सुचना१
हेमाजा हिले महोत्सव

पोखरामा क्लबस्तरीय भलिबलः लिग चरणका तीन खेल सम्पन्न

सभ्य समाज निर्माणमा खेलकुदको भूमिका महत्वपूर्णः अध्यक्ष केसी

पोखरा । पोखराको नदिपुरमा आजदेखि सुरु भएको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा लिग चरणका तीन खेल सम्पन्न भएका छन् ।

लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखराको नदीपुरमा सुरु भएको प्रतियोगिताको लिग चरणको खेलमा घान्द्रुक क्रोम्छे, आधिखोला न्यू दिल्ली र ढुङ्गे देउराली क्लबले विजयी सुरुवात गरेका छन् ।

लिग चरणको पहिलो खेलमा घान्द्रुक क्रोम्छे युवा समितिले ढुङ्गे देउराली क्लब पौवेगौवे स्याङ्जालाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । घान्द्रुकले ढुङ्गे देउरालीलाई २५–१६, २५–१४ र २५–१७ ले पराजित गर्‍यो । घान्द्रुकले पहिलो खेलमा ३ अंक जोड्यो ।

दोस्रो खेलमा आधिखोला न्यू दिल्लीले एपिएफ पोखरालाई ३–१ को सेटमा पराजित गर्‍यो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट २६–२८ ले गुमाएको आधिखोलाले दोस्रो सेटमा २५–२३ ले जित्यो । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट २८–२६ ले जितेको आधिखोलाले चौथो २५–२० ले जित्यो । पहिलो खेलमा जित निकालेको आधिखोलाले ३ अंक जोडेको छ ।

यस्तै तेस्रो खेलमा ढुङ्गे देउराली क्लब पौवेगौवे स्याङ्जाले ठकुरी समाज तनहुँलाई पराजित गर्‍यो । ढुङ्गे देउरालीले ठकुरी समाजलाई ३–२ को सेटमा पराजित गर्‍यो । पहिलो सेट २५–२३ ले जितेपनि ढुङ्गे देउरालीले दोस्रो सेट २२–२५ र तेस्रो सेट २२–२५ ले गुमायो । चौथो सेटमा २५–१८ ले पुनरागमन गर्दै पाँचौं तथा निर्णायक सेट १५–१३ ले जित्यो ।

ढुङ्गे देउराली क्लब पौवेगौवे स्याङ्जाले लिग चरणको पहिलो खेलमा पराजित भएपनि दोस्रो खेलमा जित निकाल्दै २ अंक जोडेको छ । यस्तै पराजित भएपनि ठकुरी समाजले १ अंक जोडेको छ ।

आज नै भएको भेट्रान्सतर्फको पहिलो खेलमा माछापुच्छ«े गाउँपालिका विजयी सुरुवात गरेको छ । माछापुच्छ«े गाउँपालिकाले जिएम ब्रोडर्स लामाचौरलाई २–१ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्‍यो ।

पहिलो सेट १९–२५ ले गुमाएको माछापुच्छ«ेले दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्‍यो । दोस्रो सेटमा एक समय ११–२० ले पछाडि परेको माछापुच्छ«ेले २४–२४ को बराबरी गर्दै ३१–२९ को जित निकाल्यो । तेस्रो तथा निर्णायक सेट २५–२१ ले माछापुच्छ«ेले जित्यो ।

सभ्य समाज निर्माणमा खेलकुदको महत्वपूर्ण भुमिकाः अध्यक्ष केसी

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले सभ्य समाज निर्माणमा खेलकुद क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

लामा अमृत फाउण्डेशन घान्द्रुकले आजदेखि पोखराको नदिपुरमा सञ्चालन गरेको तेस्रो संस्करणको क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको उद्घाटनपछि बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।

‘सबै हिसाबले समाज राम्रो बनाउन पर्छ भनेर हामी लागेका छौं, समाजलाई गतिशील र अनुशासित बनाउन पर्छ भनेर तपाईं हामी लाग्नैपर्छ, त्यसमा अझ बढी खेलकुद क्षेत्रको योगदान बढी छ,’ अध्यक्ष केसीले भने, ‘खेलाडी जब अनुशासनमा रहन्छ, राष्ट्रलाई चिनाउँछ र सभ्य समाज निर्माणमा सहयोग पुर्‍याउँछ ।’

लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले भोलि बाँकी रहेका लिग चरण र भेट्रान्सतर्फका खेल हुने बताए । प्रतियोगिता असार २८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले १ लाख २५ हजार, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ३० हजार र सान्त्वना स्थान हासिल गर्नेले १५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।

यस्तै, भेट्रान्सतर्फको विजेताले ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर, उदियमान खेलाडी र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् ।

क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता राउण्ड रोविनको आधारमा सञ्चालन भइरहेको छ । प्रतियोगितामा आयोजना गरिएको भेट्रान्सतर्फका खेल भने नकआउटको आधारमा सञ्चालन भएको छ ।

फाउण्डेशनले २०७५ र ०७६ सालमा पहिलो र दोस्रो संस्करणको प्रतियोगिता सञ्चालन गरेको थियो ।

प्रतियोगिताको उद्घाटन समारोहमा दर्शकलाई निशुल्क प्रवेश रहेपनि भोलिदेखि टिकटको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगितासँगै विविध सांस्कृतिक कार्यक्रमहरू समेत हुने आयोजकले जनाएको छ ।

 

 

वडा नं २६
Sadak 1
पुल सेन्टर
Leave A Reply

Your email address will not be published.