newa srijana

पोखरामा कोरोना संक्रमित बिरामी महिलाको मृत्यु, कास्कीमा पाँच सक्रिय संक्रमित

8

पोखरा । पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ। पोखरा–११, फूलबारी निवासी ७० वर्षीया ती महिलाको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक डा. खिमबहादुर खड्काका अनुसार ती महिलामा असार २५ गते स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो।

सिटीजन फनिच्रर

कोरोना पोजिटिभ भए पनि सह-रोगहरूले मृत्युमा भूमिका खेलेको हुन सक्छ, डा. खड्काले बताए। उनका अनुसार कोरोनाका कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्की जिल्लामा हाल ५ जना सक्रिय कोरोना संक्रमित छन्। गण्डकी प्रदेशभर सक्रिय संक्रमितको संख्या ८ जना रहेको छ, जसमा बागलुङमा २ जना र स्याङ्जामा १ जना रहेका छन्।

 

Press register 3