newa srijana

पोखरामा नवजात शिशु हत्या प्रकरण : १० महिनापछि आफ्नै बुबा पक्राउ

झोलाभित्र फालिएको नवजात शिशुको हत्या आरोपमा बुबा पक्राउ, आर्थिक अभावकै कारण हत्या गरेको प्रारम्भिक बयान

पोखरा । पोखराको चाउथेमा झोलाभित्र फालिएको नवजात शिशुको हत्या अभियोगमा १० महिनापछि शिशुकै बुबा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले नुवाकोटको बेलकोटगढी नगरपालिका–५ स्थायी घर भई हाल पोखरा–९ नागढुङ्गामा बस्दै आएका ३७ वर्षीय गोविन्द लामिछानेलाई साउन ४ गते पक्राउ गरेको हो।

प्रहरीका अनुसार, उनी आफ्नी श्रीमतीलाई सुत्केरी गराउन गण्डकी अस्पताल ल्याउँदै गर्दा पक्राउ परेका हुन्।

सिटीजन फनिच्रर

पोखरा–१४ चाउथेस्थित पृथ्वी राजमार्ग छेउको झाडीमा एक जेब्रा झोलाभित्र नवजात छोरा शिशुको शव फेला परेको थियो। झोलाभित्र प्लास्टिक र रातो–गुलाबी कम्बलमा बेरिएको शिशुको शव गण्डकी अस्पतालमा पोष्टमार्टम गराउँदा टाउको र घाँटीमा गहिरो चोट लागेकाे पुष्टि भएको थियो।

प्रहरीले घटनालाई कर्तव्य ज्यान मुद्दाका रूपमा अनुसन्धान गर्दै जाँदा लामिछाने नै संलग्न रहेको पुष्टि भएको हो। प्रारम्भिक बयानमा उनले आर्थिक अभावका कारण बच्चा पालन गर्न नसकी हत्या गरेको बताएका छन्। तर, अन्य कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाइएको छ। उनकी श्रीमतीले अस्पतालमै पुनः एक बच्चा जन्माएकी छन् र शिशुलाई हाल संरक्षणमा राखिएको प्रहरीले जनाएको छ।

 

Press register 3