newa srijana

दीपशिखा पुस्तकालयमा ‘टेक एज युथ’ परियोजना सञ्चालन हुने

पोखरा । पोखरा महानगरपालिका–२९ स्थित दीपशिखा सामुदायिक पुस्तकालयमा यस वर्षदेखि ‘टेक एज युथ’ परियोजना सञ्चालन हुने भएको छ। रिड नेपाल अन्तर्गतको उक्त परियोजना पुस्तकालयसँगको सहकार्यमा अघि बढ्नेछ।

पुस्तकालयको सभाहलमा बिहीबार आयोजित कार्यक्रममा परियोजना सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। दीपशिखाका अध्यक्ष कृष्णहरि भण्डारी र रिड नेपालकी कार्यक्रम संयोजक भाग्यश्री विष्टको उपस्थितिमा सम्झौता सम्पन्न भएको हो।

परियोजनामार्फत १३ देखि २२ वर्षसम्मका विद्यालयबाट पछाडि परेका, प्रविधिमा पहुँच नपुगेका किशोर–किशोरी तथा फरक क्षमताका युवा समेटिनेछन्। उनीहरू अध्ययनरत वा अध्ययनबाट बाहिरिएका दुवै वर्ग समेटिने गरी कुल ५५ जना लाभान्वित हुनेछन्।

Mountain run pokhara click
सिटीजन फनिच्रर

कार्यक्रममा वडा नं. २९ का अध्यक्ष श्रीप्रसाद गुरुङले परियोजनाका लागि वडा कार्यालयको तर्फबाट आवश्यक सहयोग हुने प्रतिबद्धता जनाए। त्यस्तै पोखरा महानगर कार्यपालिका सदस्य निर्मला पौडेल, लेखनाथ पत्रकार मञ्च अध्यक्ष विष्णुहरि पौडेल, जनप्रकाश माविका प्रधानाध्यापक शेखरनाथ शर्मा, गोगन माविका प्रधानाध्यापक मोहनराज बराल लगायत पुस्तकालयका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति थियो।

आठ लाख रुपैयाँ लागतमा सञ्चालन हुने कार्यक्रममध्ये चार लाख रुपैयाँ रिड नेपालले खर्च गर्नेछ भने बाँकी रकम पुस्तकालयले स्थानीय तह तथा संघसंस्थाको सहयोगमा जुटाउने अध्यक्ष भण्डारीले जानकारी दिए।

कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव पदमप्रसाद अधिकारीले गरेका थिए।

Rabin photo