newa srijana

दुबई अध्ययनसम्बन्धी इक्यान कास्कीको शैक्षिक परामर्श तालिम

नेपाली विद्यार्थीका लागि दुबई उदीयमान शैक्षिक गन्तव्य

पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान), कास्कीले पोखरामा दुबई अध्ययनका लागि जानकारीमूलक कार्यक्रम सम्पन्न गरेको छ। इक्यानले आफ्ना सदस्य र काउन्सिलरहरूका लागि दुबई अध्ययनसम्बन्धी जानकारीमूलक कार्यक्रम आयोजना गरेको हो।

धेरै नेपाली युवा कामका लागि दुबई जाने गरे पनि अध्ययनका लागि पनि दुबई नेपाली युवाहरूको लागि महत्वपूर्ण गन्तव्य रहेको कार्यक्रममा बोल्ने वक्ताहरूले जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का प्रथम उपाध्यक्ष लक्ष्मण पौडेलले नेपालीहरू श्रमका लागि जाने गरेको दुबई अहिले शैक्षिक गन्तव्य बन्दै गएको बताए। पौडेलले विश्वका टप विश्वविद्यालयलाई दुबईले स्वागत गरिरहेको र सन् २०३० पछि दुबई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन लागि परेको जानकारी दिए। कुनै बेला दुबईबाट विद्यार्थीहरू फर्कनुपरेको इतिहास स्मरण गर्दै पौडेलले कलेज छनोटमा ध्यान दिन शैक्षिक परामर्श दिने व्यवसायीहरूलाई आग्रह गरे।

यस्तै, इक्यानका द्वितीय उपाध्यक्ष भुवन बहादुर क्षेत्रीले विश्वस्तरीय अवसरबाट दुबईमा विद्यार्थीहरू लाभान्वित हुन सक्ने बताए। अष्ट्रेलिया, युएस, युरोपका विश्वविद्यालय स्तरको शिक्षा लिन दुबई सुरक्षित रहेको क्षेत्रीको भनाइ थियो।

सिटीजन फनिच्रर

इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैह्रेले सुरक्षा र शान्तिको दृष्टिकोणले पनि दुबई अन्तर्राष्ट्रिय स्तरको देख्न सकिने बताए। जसका कारण दुबई शिक्षाका लागि पनि नयाँ गन्तव्य बन्दै गएको र भविष्यमा यो अझै बढ्दै जाने उनले बताए। संघले इक्यान कास्की एजुकेशन फेयर गर्ने निर्णय गरेको गैह्रेले जानकारी दिए।

इक्यान कास्कीका उपाध्यक्ष धनबहादुर शाही (सन्तोष) ले अष्ट्रेलिया, क्यानाडा, युके लगायतका देशहरूमा विभिन्न कारणले आवेदन गर्न नसक्ने विद्यार्थीहरूका लागि दुबई विकल्प बनेको बताए।

इक्यान कास्कीका तालिम संयोजक राजन पन्थीले इक्यान कास्कीका सदस्यहरूका लागि समयानुकूल र अन्तर्राष्ट्रिय बजारअनुसारको अभिमुखीकरण कार्यक्रम गर्दै आएको बताए।

कार्यक्रममा रिगेन्ट मिडेल इस्ट, एक्सप्लोर एजुकेशन र रोयल रोड युनिभर्सिटीका प्रतिनिधिहरूले दुबईको शैक्षिक अवस्था, नेपालका विद्यार्थीहरूका लागि अवसर र सम्भावनाबारे जानकारी गराएका थिए।

Press register 3