सुचना१
हेमाजा हिले महोत्सव

दोस्रो पर्वतीय दौडमा मजेष्टिक लेक फ्रण्ट होटलको सहकार्य

पोखरा । असोज ४ गते पोखरामा आयोजना हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा लेकसाइडस्थित मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुइट्स सहकार्य गर्ने भएको छ।

सहकार्यसम्बन्धी समझदारी होटलका सञ्चालक सुनिलबहादुर भट्टराई र प्रतियोगिताका संयोजक दीननाथ बराल बीचमा भएको हो।

पोखराको फेवाताल किनारमा फैलिएको यो होटल करिब सात रोपनी क्षेत्रफलमा रहेको छ। हाल तीन स्वीट रुमसहित डिलक्स र सुपर डिलक्स गरी ३८ कोठा सञ्चालनमा छन्। होटलले असोजदेखि थप २४ नयाँ कोठा तथा ३०० सिट क्षमताको सम्मेलन हल सञ्चालनमा ल्याउने तयारी गरेको सञ्चालक भट्टराईले जानकारी दिए। पूर्ण रूपमा सञ्चालनमा आएपछि होटलमा कुल ६२ कोठा र दुईवटा सभा हल हुनेछन्।

होटलको स्थानबाट माछापुच्छ्रे, अन्नपूर्ण हिमाल श्रृङ्खला, फेवाताल र मेथलाङ डाँडाको दृश्यावलोकन गर्न सकिन्छ। सुरु भएको एक वर्षमै ट्रिप एडभाइजरमा पोखराका शीर्ष पाँच होटलमध्ये पर्ने सफलताले गर्व थपेको र सहकार्यले प्रतियोगितामा थप ऊर्जा ल्याएको संयोजक बरालले बताए।

होटलमा कन्फरेन्स हल, स्पा, साउना, स्ट्रिम, मसाज तथा खुला पार्किङ सुविधा उपलब्ध छन्। साथै, दुई सय पाहुनाको क्षमताको रेस्टुरेन्टमा एकोस्टिक लाइभ म्युजिकसहित कन्टिनेन्टल, नेपाली र भारतीय परिकारहरू प्रदान गरिँदै आएको सञ्चालक भट्टराईले जानकारी दिए।

पोखरा क्लिकका बजार व्यवस्थापक सागर सुनारका अनुसार, यस्तो सांस्कृतिक र खेलकुद सहयोगले होटलको प्रचारप्रसारमा थप टेवा पुर्‍याउने विश्वास गरिएको छ।

दोस्रो वार्षिकोत्सवको अवसरमा होटलले फेवातालमा १० हजार माछाका भुरा छोडेर वातावरण संरक्षणमा योगदान पुर्‍याएको थियो। सोही क्रममा प्रतियोगितामा सहभागी हुन पाउँदा थप गौरव अनुभव भएको सञ्चालक भट्टराईले उल्लेख गरे।

विश्व शान्ति तथा पर्यटन दिवसका अवसरमा आयोजना हुने उक्त प्रतियोगितामा नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय र पोखरा महानगरपालिका–२२ को सहकार्य रहेको छ।

नेलम्बो नेपालले तेस्रो पुरस्कार प्रायोजन गर्दै मेडिकल पार्टनरको रूपमा सहभागिता जनाउनेछ। प्रतियोगिताको अफिसियल टेलिभिजन सिटीवान टिभी, र ग्लेज नेचुरल स्प्रिङ वाटर आधिकारिक पेयजल प्रायोजक रहेका छन्।

प्रतियोगिताको सफल आयोजनाका लागि विश्व शान्ति स्तुपः समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्ध पार्क समिति, गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, परिचय एड्भर्टाइजिङ, पोखरा पर्यटन परिषद्, होटल मुस्ताङ लेते एण्ड थकाली किचन, वडा नं. २२ को वडा युवा परिषद् लगायतका स्थानीय व्यवसायिक संस्थाहरूले समेत साथ दिएका छन्।

वडा नं २६
Sadak 1
पुल सेन्टर