newa srijana

दुर्गा प्रसाईं धरौटीमा रिहा

तीनकुने प्रदर्शनमा २ जनाको मृत्यु, २० जना घाइते; बैंकिङ कसुरमा छुट्टै धरौटी

पोखरा । पाटन उच्च अदालतले बैंकिङ कसुर र गत चैत १५ गतेको हिंसात्मक आन्दोलनसँग सम्बन्धित मुद्दामा दोषारोपित दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

अदालतको आदेशअनुसार उनले आवश्यक रकम बुझाएपछि सोमबार डिल्लीबजार कारागारबाट मुक्त भएका हुन्। न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले जिल्ला अदालतको पुर्पक्ष थुनाको आदेश उल्टाउँदै प्रसाईंलाई छुट दिएको हो।

उच्च अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार, चैत १५ गतेको घटनामा दर्ता भएको राज्यविरुद्धको मुद्दामा प्रसाईंलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरिएको छ। सो दिन तीनकुनेमा भएको प्रदर्शनमा आगजनी र तोडफोड भएपछि उनलाई आपराधिक उपद्रव र संगठित अपराधको अभियोगमा मुद्दा दर्ता गरिएको थियो।

World link net

यसअघि जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। सो निर्णयविरुद्ध उनले उच्च अदालतमा पुनर्विचार निवेदन दिएका थिए।

बैंकिङ कसुरसम्बन्धी छुट्टै मुद्दामा न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले २५ लाख रुपैयाँ धरौटी वा बैंक जमानतमा तारिखमा रिहा गर्न आदेश दिएको छ।

गत जेठ ३० गतेको तीनकुने घटनापछि प्रसाईंसहित सात जनालाई कारागार पठाइएको थियो। उक्त प्रदर्शनमा पत्रकार सुरेश रजक र कीर्तिपुर–४ का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको थियो भने प्रहरीको गोली लागेर २० जना घाइते भएका थिए।

सिटीजन फनिच्रर