newa srijana

पोखरामा भेटिएका सिन्धुलीका हायु परिवार गाउँ फर्किए

पोखरा । साउन ८ गतेदेखि सम्पर्कविहीन रहेका सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाका हायु परिवार साउन ११ गते पोखरामा भेटिएपछि सोमबार घर फर्काइएको छ।

World link net

गोलन्जोर–६ का वडाध्यक्ष रविन श्रेष्ठले आफैं पोखरा पुगेर परिवारलाई भेटे र उनीहरूलाई साथमा लिएर गाउँ पठाए। पोखरा महानगरका मेयर धनराज आचार्य र वडा–३० का वडाध्यक्ष दुर्गा सुवेदीले पनि बिदाइ कार्यक्रममा सहभागिता जनाए। वडा अध्यक्ष सुवेदीले भने, उनीहरूलाई गगनगाउँबाट गाडीमा राखेर गाउँ पठाइएको हो।

परिवारले लिएको ऋण तिर्न वडा कार्यालयबाट आवश्यक सहजीकरण गरिने आश्वासन पाएपछि उनीहरू गाउँ फर्कन राजी भएका छन्।

सिटीजन फनिच्रर