newa srijana

पोखरामा ठूलो मात्रामा लागू औषधसहित युवक पक्राउ

पोखरा । पोखरा महानगरपालिका–२७, रिठ्ठेपानी, लामटारमा प्रहरीले ठूलो मात्रामा लागू औषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ घर भई हाल पोखरामा बसोबास गर्दै आएका २४ वर्षीय राजन गुरुङ रहेका छन्।

World link net

असार १८ गते साँझ ६ बजे गोप्य सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवाको संयुक्त टोलीले गुरुङको घरमा छापा मारेको थियो। तलासीका क्रममा झोलामा लुकाइएका २५८ एम्पुल बुप्रिनर्फिन, २२४ एम्पुल डाइजापाम र १७६ एम्पुल फेनरागन गरी कुल ६५८ एम्पुल लागू औषध बरामद भएको प्रहरीले जनाएको छ। साथै घटनास्थलबाट एउटा मोबाइल फोन पनि बरामद गरिएको छ।

कास्की जिल्ला अदालतको आदेशअनुसार गुरुङलाई सात दिनको म्याद थप गरी लागू औषधसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

सिटीजन फनिच्रर