newa srijana

पोखरामा चलचित्र ‘मोहर’को प्रचारप्रसार अन्तर्गत ‘मोहर साँझ’ सम्पन्न

पोखरा । आगामी साउन २३ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउन लागेको नेपाली फिल्म मोहर को प्रचारप्रसारका क्रममा मङ्गलबार साँझ पोखराको पृथ्वीचोकमा ‘मोहर साँझ’ नामक विशेष कार्यक्रम आयोजना गरियो। कार्यक्रमले लामो समयदेखि फिल्म प्रतिक्षामा रहेका दर्शकलाई उत्साहले भरिदिएको छ।

कार्यक्रमको केन्द्रबिन्दुमा अभिनेता पल शाह र गायक थानेश्वर गौतम को लाइभ प्रस्तुति रह्यो, जससँगै अन्य कलाकारहरूले पनि दमदार प्रदर्शन प्रस्तुत गरे। स्थलमा उल्लेख्य भीड देखिनुका साथै, सांगीतिक माहोलले पृथ्वीचोकलाई उत्सवमय बनाएको थियो।

पल शाहको आगमनलाई दर्शकले ताली र जयकारसहित स्वागत गरे। स्टेजमा नै केक काटेर अभिनेताप्रति पोखरेलीको मायालु भाव प्रकट गरिएको थियो। यसले फिल्म र कलाकार दुवैप्रति दर्शकको निकटता झल्काएको देखियो।

World link net

निर्माण टिमका अनुसार मोहर को कथा पश्चिम नेपालको ग्रामिण जीवन, प्रेम, सामाजिक द्वन्द्व र सांस्कृतिक पहिचान वरिपरि घुम्छ। सांगीतिक भावनासँग जीवनकथालाई मिसाउने प्रयास गरिएको यो चलचित्रमा पारिवारिक सम्बन्ध, प्रेममा धोका र आत्मसम्मान जस्ता गम्भीर विषयहरूलाई पनि समेटिएको छ।

पल शाहले मोहर आफ्नो करियरको विशेष फिल्म भएको बताउँदै, यसको कथावस्तु आफूसँग निकट भएको र यसले दर्शकको मन छुने विश्वास व्यक्त गरे। गायक थानेश्वर गौतमले फिल्मका गीतहरू प्रस्तुत गर्दै, समकालीन लोकधुन र जीवन्ततालाई कथामा पस्किएको जानकारी दिए।

फिल्ममा पल शाहसँगै अर्जुनजंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी र मिस पबीलगायतका कलाकारको अभिनय रहेको छ। कथा तथा निर्देशन ओम प्रतिक र निर्माण चुम्बनजंग शाही द्वारा गरिएको यस चलचित्रलाई फिल्ममेकर प्रा. लि. ले प्रस्तुत गरेको हो।

सिटीजन फनिच्रर