newa srijana

म्याग्दी जिल्लाको गुर्जाखानी क्षेत्र केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

पोखरा । म्याग्दी जिल्लाको गुर्जाखानी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आज दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १ बजेर २ मिनेटमा ४.५ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो।

सिटीजन फनिच्रर

यो भूकम्पको स्थानीय परिमाण (ML) ४.५ रहेको केन्द्रले जनाएको छ। यद्यपि हालसम्म यस भूकम्पबाट मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण प्राप्त भइनसकेको स्पष्ट गरिएको छ। तर, धक्का म्याग्दीसहित वरपरका जिल्लामा महसुस गरिएको बताइएको छ।

भूकम्प खानी तथा भूगर्भ विभाग अन्तर्गतको राष्ट्रिय भूकम्प मापन केन्द्रबाट मापन गरिएको हो।

Pokhara learners