सुचना१
हेमाजा हिले महोत्सव

दुर्गाभवानी विद्यालयमा विद्यार्थीलाई स्टेशनरी र खेलकुद सामग्री वितरण

पोखरा । अन्नपूर्ण गाउँपालिका–२, सेराचौरस्थित दुर्गाभवानी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्टेशनरी र खेलकुद सामग्री वितरण गरिएको छ।

बायोमि इन्टरनेशनलको पहलमा आयोजित कार्यक्रममा यु.के.जी. तहसम्म अध्ययनरत ४५ जना विद्यार्थीलाई झोला, कापी, कलम, बल लगायतका सामग्री वितरण गरिएको हो। संस्थाका कन्ट्री म्यानेजर राजेन्द्रप्रसाद अधिकारी र एचआर म्यानेजर भावना थापाको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको थियो।

विद्यालयका प्रधानाध्यापक होमनाथ दाहालले यस्ता सहयोगले विद्यार्थीहरूको मनोबल वृद्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै संस्थालाई धन्यवाद दिएका थिए। कार्यक्रमले विद्यालयको शैक्षिक वातावरण अझ उत्साहजनक बन्ने अपेक्षा गरिएको छ। बायोमि इन्टरनेशनलले सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने जनाएको छ।

कार्यक्रममा वडा अध्यक्ष पिताम्बर भण्डारी, गाउँपालिका उपाध्यक्ष चन्द्रकला देवकोटा, समाजसेवी चूडामणि अधिकारी, र विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष माया अधिकारीको उपस्थिति रहेको थियो।

वडा नं २६
Sadak 1
पुल सेन्टर