सुचना१
हेमाजा हिले महोत्सव

पोखरामा तुलसीघाट आर्कब्रिज पुल निर्माण सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ९ र ११ जोड्ने तुलसीघाटमा पुल निमार्ण सम्पन्न भएको छ । दुई लेनको आर्कब्रिज (पुल) सम्झौता समयभित्रै निमार्ण सकिएपछि यातायात सञ्चालनमा आइसकेको छ ।

पुल निर्माण सम्पन्न भएसँगै महेन्द्रपुलमा देखिँदै आएको ट्राफिक चाप कम हुने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय सडक विभाग पुल सेक्टर पोखराका इन्जिनियर विदुर सुवेदीले बताए ।

स्थानीय विकास मात्र नभइ यसले समग्र महानगरकै सडक सञ्जालमा सकारात्मक भुमिका खेल्ने उनको भनाइ छ । हजारौं यात्रुलाई सहयोग पुग्ने उनले बताउँदै तुलसीघाट थप व्यवस्थित बन्ने उनले बताए ।

पुल निमार्ण सम्पन्न भएसँगै स्थानीयले लामो समयदेखि आउजाउमा दैनिक जसो भोग्नुपरेको सास्तीको अन्त्य भएको महसुस गरेका छन् ।

‘आर्कब्रिज’को लम्बाई ६५ मिटर लामो र ११ मिटर चौडाइ छ । पुलको दुवैतर्फ पैदल यात्रीका लागि वाक—वे पनि छ । पुल निर्माणका लागि २०७९ पुसमा कम्पनीले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्झौता गरिएको थियो ।

पोखराको इन्द्रेणी निर्माण कम्पनीले १२ करोड, ८० लाख, ५७ हजार रुपैयाँ लागतमा पुल निर्माण भएको हो ।

वडा नं २६
Sadak 1
पुल सेन्टर