सुचना१
हेमाजा हिले महोत्सव

निजामती कर्मचारी युनियन कास्कीमा सापकोटा नेतृत्वको नयाँ कार्यसमिति

कास्कीमा नवौं जिल्ला अधिवेशन सम्पन्न, ५०७ मतदातामध्ये स्पष्ट बहुमतसहित नेतृत्व चयन

पोखरा । कास्कीमा कार्यरत निजामती कर्मचारीहरूको संगठन, नेपाल निजामती कर्मचारी युनियनको नवौं जिल्ला अधिवेशनले केदार सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शुक्रबार सम्पन्न निर्वाचनमा सापकोटाले विनोद रेग्मीलाई पराजित  गर्दै  स्पष्ट बहुमतसहित विजय प्राप्त गरे।

अध्यक्ष पदमा सापकोटाले ३२५ मत ल्याए भने उनका प्रतिस्पर्धी रेग्मीले १६२ मत प्राप्त गरे। खुला उपाध्यक्षमा सुमन शर्माले २८२ मतसहित विजय हासिल गर्दा उनका प्रतिद्वन्द्वी पुरुषोत्तम पौडेलले १८९ मत पाए। बाँकी पदमा भने उम्मेदवारहरू निर्विरोध चयन भए।

जिल्ला कार्यसमितामा रञ्जना पोख्रेल (महिला उपाध्यक्ष), नरबहादुर सारु (समावेशी उपाध्यक्ष), राजेन्द्र शर्मा (सचिव), मन्जु सुवेदी (युवा सहसचिव), दीपक शर्मा पराजुली (कोषाध्यक्ष) र सात जना सदस्यहरू निर्विरोध निर्वाचित भए। सदस्यमा नारायणराज पौडेल, धनराज पराजुली, डालाराम बसौला, मोहनप्रसाद पौडेल, राजन ढकाल, शारदा सुवेदी र गंगा अधिकारी छन्।

प्रदेश प्रतिनिधिमा सुदिप रेग्मी (३६६ मत), दिनेश चापागाईं (२८६ मत), चेतराज आचार्य (२५७ मत), झलकराज पौडेल (२४१ मत) र काशीराम पौडेल (२३९ मत) विजयी भए। विषनबहादुर थापा (समावेशी) र मिना कुमारी श्रेष्ठ (महिला) निर्विरोध चयन भए।

केन्द्रीय प्रतिनिधिमा सूर्यप्रसाद तिवारी (३०६ मत), डिल्लीराज सुवेदी (२९४ मत), प्रमोद अर्याल (२८० मत), डिल्लीराम रेग्मी (२६२ मत) र महेन्द्र गुरुङ (२११ मत) विजयी भए। सीता बराल ढुंगाना (महिला) र अर्जुन गुरुङ (समावेशी) निर्विरोध निर्वाचित भए।

निर्वाचन समिति संयोजक अधिवक्ता शालिग्राम भट्टराईका अनुसार ६५५ मतदाता रहेको युनियनमा ५०७ जनाले मतदान गरेका थिए। कुल ९९७ साधारण सदस्य रहेको युनियनको यो अधिवेशनले नयाँ नेतृत्वसँगै प्रदेश र केन्द्रीय प्रतिनिधिहरू चयन गर्दै सम्पन्न भयो।

 

वडा नं २६
Sadak 1
पुल सेन्टर