सुचना१
newa srijana

भूमि समस्या समाधान सम्बन्धी अन्तरक्रिया सम्पन्न

पोखरा । भूमिअधिकार मञ्च नेपाल, जिल्ला कार्यसमिति कास्कीले आइतबार भुमिहिन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने विषयमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा भूमि समस्या समाधान आयोग कास्कीका अध्यक्ष बैनबहादुर गुरुङले आयोग गठनको मूल उद्देश्य नै समस्या समाधान भएको उल्लेख गर्दै, स्थानीय निकायबाट प्राप्त यथार्थ विवरणका आधारमा छिट्टै काम अघि बढाउने प्रतिवद्धता व्यक्त गरे।

पोखरा–९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले आफ्नो वडाका सबै बासिन्दालाई स्थायी बसोबासको व्यवस्था उपलब्ध गराउन सकिए राम्रो हुने भन्दै भूमि सम्बन्धी समस्याको समाधानका लागि आफू सधैं सकारात्मक रहने बताए।

Pokhara महोत्सव

आयोगका प्रवक्ता आसबहादुर गुरुङले स्थानीय निकाय र वासिन्दाको सक्रिय सहकार्यबिना आयोगको काम प्रभावकारी हुन नसक्ने बताएका छन्।

कार्यक्रममा कार्यपालिका सदस्य गोपी तुलाचन, भूमिअधिकार मञ्च गण्डकी प्रदेश अध्यक्ष रामबहादुर लामिछाने, नेपाली कांग्रेस पोखरा–९ का सभापति शिवराज बास्तोला, नेकपा एमाले पोखरा–९ की अध्यक्ष सरस्वती श्रेष्ठ, माओवादी केन्द्र पोखरा–९ का अध्यक्ष असिम तामाङ, स्थानीय जितबहादुर मोक्तान र गोमा पराजुली तामाङलगायतले आयोगलाई समस्या समाधानमुखी कार्य गर्न आग्रह गरेका थिए।

कार्यक्रमको अध्यक्षता भूमिअधिकार मञ्च कास्कीका अध्यक्ष प्रेमबहादुर गुरुङले गरेका थिए। स्वागत भूमिअधिकार मञ्च पोखरा महानगर अध्यक्ष कृष्ण परियारले गरेका थिए भने सञ्चालन मञ्च कास्कीकी सचिव कुमारी गुरुङले गरेकी थिइन्।

पुल सेन्टर
वडा नं २६