सुचना१
newa srijana

पौडेल बंश महासंघ केन्द्रीय समितिद्वारा ज्येष्ठ नागरिक सम्मान

पोखरा । पौडेल बंश महासंघ केन्द्रीय समितिको पोखरामा आयोजित तेस्रो पूर्ण बैठकका अवसरमा समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याएका पाँच जना ज्येष्ठ नागरिकलाई आज सम्मान गरिएको छ।

पोखराको न्युरोडस्थित होटेल दिपसागरको सभाकक्षमा सम्पन्न कार्यक्रममा ८९ वर्षीय तुलसी पौडेल, ८५ वर्षीय प्रा. पवित्रमणि पौडेल, ज्यो.पं. लिलाधर पौडेल, ८३ वर्षीय प्रा. चतुर्भुज शर्मा पौडेल र नीलकण्ठ शर्मा पौडेललाई सम्मान गरिएको हो।

सम्मानपत्र र स्मृतिचिन्ह गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल र महासंघका केन्द्रीय अध्यक्ष हरिराम पौडेलले संयुक्त रूपमा प्रदान गर्नुभयो।

कार्यक्रममा मन्त्री पौडेलले आपसी घमण्ड वा अहंकारभन्दा समाज र राष्ट्रले गर्व गर्ने खालका व्यक्तित्व बन्नुपर्नेमा जोड दिनुभयो। उहाँले परिवारसँगै समाज र राष्ट्र निर्माणमा अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने र त्यसबाट सन्ततिले पनि गर्व गर्नसक्ने वातावरण बन्नुपर्ने विचार व्यक्त गर्नुभयो।

कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सिर्जनात्मक हुँदै हराउँदै गएका मौलिकतालाई जगेर्ना गर्नु आवश्यक भएको बताउनुभयो। उहाँले सन्ततिले पुर्खाबाट धेरै कुरा सिक्न सक्ने माहोल बनाउनुपर्नेमा समेत जोड दिनुभयो।

Pokhara महोत्सव

महासंघका अध्यक्ष हरिराम पौडेलले ‘पौडेल थर, हाम्रो साझा घर’ भन्ने आदर्श वाक्यका साथ महासंघ अगाडि बढिरहेको बताउँदै सबैलाई समेटेर बन्धुत्वको भावना अभिवृद्धि गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले पौडेलहरूको थातथलो खोजीका क्रममा बझाङस्थित पैडीकोटमा गरिएको अध्ययनको विवरण दिँदै उक्त स्थलको संरक्षण र ऐतिहासिक दस्तावेज संकलन तथा व्यवस्थापन गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो।

निकट भविष्यमा स्वास्थ्य सचेतना र बुढ्यौली व्यवस्थापनसम्बन्धी कार्यक्रम अभियानका रूपमा सञ्चालन गर्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो।

अध्यक्ष पौडेलको सभापतित्व र महासचिव उद्धवप्रसाद पौडेलको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष (गण्डकी) शारदा पौडेलले स्वागत गर्नुभएको थियो। बैठकमा अध्यक्ष पौडेल, वरिष्ठ उपाध्यक्ष शालिग्राम पौडेल, महासचिव उद्धव पौडेल, कोषाध्यक्ष युवराज पौडेलले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभयो।

बैठकमा प्रतिवेदनका साथै विभिन्न समसामयिक विषयमा छलफल गरी महत्वपूर्ण निर्णयहरू लिइने महासंघले जनाएको छ। कार्यक्रममा पूर्वमा ताप्लेजुङदेखि पश्चिममा बझाङसम्मका प्रतिनिधि तथा सदस्यहरूको सहभागिता रहेको थियो। साथै भारतबाट कुलबहादुर पौडेल र भूटानबाट बलराम पौडेलले पनि प्रतिनिधित्व गर्नुभएको थियो।

पुल सेन्टर
वडा नं २६