सुचना१
हेमाजा हिले महोत्सव

भलिबल प्रतियोगिताको बचत रकमले तीन विद्यालयमा खुसी

पोखरा । खेलमैदानमा पसिना बगाएर जितिएको सफलता कहिलेकाहीँ अंकमा मात्र सीमित हुँदैन । कहिले त्यो सफलता, अरूको जीवन उज्यालो पार्ने साधन पनि बन्छ । यही उदाहरण प्रस्तुत गरेका छन् पोखरा–१३ का युवाहरूले।

गत चैतमा सम्पन्न ‘प्रथम अमलाचौर–चापडाँडा भेन्ट्रान्स भलिबल प्रतियोगिता’ले खेलप्रेमीहरूलाई रमाइलो त दियो नै, त्यसबाट बचेको रकमले शिक्षा क्षेत्रमा नयाँ आशा पनि बोकेको छ। प्रतियोगिताबाट जम्मा २ लाख ७७ हजार ५९१ रुपैयाँ संकलन भएको थियो। खर्च कटाएर बाँकी रहेको ६१ हजार ३३६ रुपैयाँलाई स्वास्थ्य र शिक्षामा लगानी गर्ने निर्णय गरियो।

त्यसअनुसार तीन विद्यालयलाई सहयोग हस्तान्तरण गरिएको हो—आर्वाविजय माध्यमिक विद्यालय, ढाँडबेँसीलाई १५ हजार, अमरज्योति आधारभूत विद्यालय, अमलाचौरलाई २२ हजार ५०० र सिमला आधारभूत विद्यालय, आर्वालाई १० हजार रुपैयाँ।

विद्यालयमै आयोजना गरिएको कार्यक्रममा आयोजक टोलीका सदस्य, स्थानीय खेलकर्मी र समुदायका प्रतिनिधिहरूको उपस्थितिमा सहयोग रकम प्रदान गरियो। खेल मैदानबाट सुरु भएको यो यात्रा विद्यालयको पुस्तकालय र कक्षाकोठासम्म पुग्दा, भलिबलको पास र स्म्याससँगै आशाको बल पनि साटियो।

वडा नं २६
Sadak 1
पुल सेन्टर