newa srijana

पोखरा २६ का वडाध्यक्षले आफ्नै गाडी एम्बुलेन्स र शव वहानका लागि उपलब्ध गराउने घोषणा

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष नरेन्द्र थापाले आफ्नो निजी गाडी वडावासीको सेवा गर्न पूर्णतया उपलब्ध गराउने घोषणा गरेका छन्। उनले भनेका छन् कि वडामा बिरामी परे वा तत्काल एम्बुलेन्स आवश्यक परे, २४ घण्टा आफ्नो गाडी एम्बुलेन्सको रूपमा प्रयोग गर्न सकिनेछ।

त्यसैगरी, वडावासीको मृत्यु भएमा पनि शव वहानका लागि आफ्नै गाडी उपलब्ध गराइने उनले बुधबार वडा कार्यालयमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा जनाए।

सिटीजन फनिच्रर

वडाध्यक्ष थापाले वडावासीहरूलाई सार्वजनिक रूपमा आग्रह गर्दै भने, “कोही बिरामी परे वा मृत्यु भएमा आवश्यक परेको खण्डमा मसँग सम्पर्क गर्न सक्नुहुन्छ। यदि अरु सवारी साधन उपलब्ध नभएमा म सहयोगका लागि सधैं तयार छु।”

Mountain run pokhara click

उनको यो पहलले आपतकालीन अवस्थामा वडावासीको सहज पहुँच सुनिश्चित गर्ने र मानवीय सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

Rabin photo