newa srijana

ओटेफको पर्यटन पत्रकारिता पुरस्कारबाट सुवेदी पुरस्कृत

पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले यस वर्षको पर्यटन पत्रकारिता पुरस्कार पत्रकार गोविन्द सुवेदीलाई प्रदान गरेको छ।

विहीबार पोखरामा सम्पन्न सातौं साधारण सभा तथा चौथो अधिवेशनको उद्घाटन समारोहमा सुवेदीलाई नगदसहित डोसा र सम्मानपत्र अर्पण गरियो।

सिटीजन फनिच्रर

पुरस्कार हस्तान्तरण पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई र ओटेफकी अध्यक्ष उमा रेग्मी भण्डारीले संयुक्त रूपमा गरे। सुवेदी केन्द्रखबर डटकमका प्रकाशक तथा सम्पादक हुन्।

Mountain run pokhara click

कार्यक्रममा प्रमुख आचार्यले ओटेफको पर्यटन प्रवद्र्धनमा देखाएको सक्रियता प्रशंसनीय रहेको बताए। कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले महिला पर्यटन व्यवसायीहरू संस्कृति र मौलिकता जोगाउन अगाडि रहने उल्लेख गरिन्। वडाध्यक्ष भट्टराईले पर्यटनको विकासमा ओटेफको योगदान उल्लेखनीय भएको धारणा राखे।

उद्घाटन समारोहमा पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपीबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पर्यटन व्यवसायी वासु त्रिपाठी, नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा, होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, नागरिक समाज पोखराका संस्थापक अध्यक्ष रामबहादुर पौडेल, पत्रकार महासंघ गण्डकीका महासचिव जमुना वर्षा शर्मा, ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुलीसहित धेरैको उपस्थिति थियो।

Rabin photo