newa srijana

त्रिभुवन नमुना माविमा विद्यार्थीसँग प्रेस चौतारी कार्यक्रम सम्पन्न

पोखरा । प्रेस चौतारी नेपाल, जिल्ला शाखा बागलुङको आयोजना एवं नेतृत्वमा त्रिभुवन नमुना माध्यमिक विद्यालय, खर्वाङमा विद्यार्थीसँग “प्रेस चौतारी” कार्यक्रम सम्पन्न भएको छ।

यो कार्यक्रम अन्तर्गत कक्षा ११ र १२ का ५५ जना विद्यार्थीहरुलाई लक्ष्य निर्धारण र उद्घोषणसम्बन्धी तालिम प्रदान गरिएको थियो। तालिमको सहजिकरण प्रेस चौतारी नेपाल, बागलुङका अध्यक्ष कमल पौडेल, र जिल्ला सदस्य अनिष पाठक तथा सुनिल रानाले गरेका थिए।

World link net

कार्यक्रमको उद्घाटन प्रेस चौतारीका अध्यक्ष कमल पौडेलको अध्यक्षता र सदस्य अनिष पाठकको सञ्चालनमा सम्पन्न भएको थियो। विद्यालयका प्रधानाध्यापक ढालमणि भण्डारीले यस्तो कार्यक्रम आफ्नो विद्यालयमा सञ्चालन गर्न पाउँदा खुसी लागेको व्यक्त गर्नुभयो।

प्रेस चौतारी नेपाल, बागलुङले हरेक महिना विभिन्न विद्यालयमा विद्यार्थी केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस कार्यक्रमले विद्यार्थीहरुलाई नेतृत्व विकास र सञ्चार कला अभिवृद्धिमा सहयोग पुग्ने विश्वास गरिएको छ।

सिटीजन फनिच्रर