सुचना१
newa srijana

कास्कीमा बालिकामाथि बाल यौन दुर्व्यवहार गरेर भिडियो बनाउने व्यक्ति पक्राउ

पोखरा । कास्कीमा आफ्नै नातेदार बालबालिकामाथि यौन दुर्व्यवहार र जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिले दुर्व्यवहारकै दृश्य मोबाइलमा खिचेर डिजिटल प्लेटफर्ममा राखेको प्रमाणसमेत फेला परेको प्रहरीले जनाएको छ।

अमेरिकास्थित नेसनल सेन्टर फर मिसिङ एण्ड एक्सप्लोइटेड चिल्ड्रेन (NCMEC) बाट आएको सूचनाका आधारमा नेपाल प्रहरीको साइबर ब्यूरो, काठमाडौंले अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा कास्कीका एक व्यक्तिले आफ्नै नजिकका आफन्त बालबालिकामाथि यौन दुर्व्यवहार गरेको पुष्टि भएको हो।

Pokhara महोत्सव

साउन ३० गते दिउँसो २ बजे प्रहरीले आरोपीलाई मोबाइलसहित नियन्त्रणमा लिएको थियो। गोपनीयताको कारण पीडित र आरोपीको नाम सार्वजनिक गरिएको छैन। पक्राउ परेकाविरुद्ध जबरजस्ती करणी, बालबालिकाविरुद्धको कसूर र विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

पुल सेन्टर
वडा नं २६