newa srijana

डायमण्ड ब्युटी शैलुन एण्ड ट्रेनिङ सेन्टर न्युरोडमा उद्घाटन

पोखरा । पोखरा ८- न्युरोडमा डायमण्ड ब्युटी शैलुन तथा ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ। सेन्टरको उद्घाटन गण्डकी प्रदेश सभा सांसद सरस्वती गुरुङ र पूर्व सांसद शारदा पौडेलले संयुक्त रुपमा गरे। उनीहरूले महिला दिदीबहिनीहरुले सिप सिकेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका थिए।

नेपाल ब्युटिसियन संघ गण्डकी प्रदेशकी अध्यक्ष सर्मिला रानाभाटले पनि युवती तथा महिलाहरुले ब्युटिसियन तालिम लिएर स्वरोजगारमा तथा वैदेशिक रोजगारीमा सफलता हासिल गर्न सक्ने बताए।

सिटीजन फनिच्रर

उद्घाटन कार्यक्रममा ट्रेड युनियन काँग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्मा, नेपाल दशनामी समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तारा गिरी, महिला उपाध्यक्ष सरस्वती गिरी, महासचिव जगतमोहन गिरी, केन्द्रीय सदस्य तथा कोशी प्रदेश अध्यक्ष पदमबहादुर गिरी लगायतले शुभकामना व्यक्त गरे।

सञ्चालक श्रीमान र श्रीमती राकेश पुरी र ममता कार्कीको करिब ८० लाख लगानी रहेको उक्त सेन्टर र सृजनाचोकस्थित शाखामा हाल १२ जनाले रोजगारी पाएका छन्। सेन्टरमा हाइड्रो फेसियल, फेसियल, केराटिन, वक्सिङ, केमिकल हेयर स्ट्रेट, नेलजेल, हेयर कलर, स्किन टेस्टर, मोल्स रिमुभर लगायतका आधुनिक सेवा उपलब्ध छन्। हरितालिका तीजको अवसरमा ५० प्रतिशतसम्म छुट पनि दिइएको छ।

लेडीजको लागि मात्र सञ्चालन गरिएको सेन्टरले CTEVTबाट सम्बन्धन प्राप्त तालिमसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त सर्टिफिकेट प्रदान गर्छ। हाल ६४ जना महिला ब्युटिसियन तालिम लिइरहेका छन्।

Press register 3