newa srijana

प्रेमको मूल्य – जातभन्दा माथि उठ्ने धनमायाकाे आँट

पोखरा । धनमाया वि.क १९ वर्षअघि एउटा साहसी निर्णय गरिन्। उनी ब्राह्मण परिवारकी छोरी थिइन्, तर मन पराएका युवकसँग उनका जीवनका सपना मिल्दाजुल्दा थिए तर जात फरक थियो। उनिहरुकाे गाउँ पनि एउटै थियाे स्याङ्जा आँधीखोला गाउँपालिका ५, कुन्तिका, कक्षा ९ मा पढ्दा पढ्दै भागेर बिहे गरे, गाउँभरि बाहुनकी छोरी दलितसँग बिहे! गुञ्जियो। शब्दहरूले तीतो बचन दिए, नजरहरूले चोट पुर्‍याए, तर धनमायाले प्रेमको मार्ग रोजिन्।

आज १९ वर्षपछि, उही धनमाया सशक्त महिलाको रूपमा समाजअगाडि उभिइन्। संसदीय पत्रकार मञ्च गण्डकीले गत शुक्रबार आँधीखोला गाउँपालिकाको भवनमा गरेको नागरिक सुनुवाइ कार्यक्रममा उनले खुला रूपमा भनिन्, “पौडेलकी छोरी भए पनि विकसँग बिहे गरें। सुरुमा समाजमा बस्ने अवस्था थिएन। आज पनि माइतीघरको आँगन टेकेको छैन। तर मलाई गुनासो छैन—समाज नै मेरो माइती हो।” उनका शब्दहरूमा सामाजिक तिरस्कार, माइतीको माैनता र लामो पीडाको कथा लुकेको थियो। तर त्यही पीडामा उनले आफैंलाई बलियो बनाउने आँट गरेकि थिइन् ।

सिटीजन फनिच्रर

सुनुवाइ कार्यक्रममा सहभागी धेरैले आँखा भिजाउँदै, मुठी कस्दै आफ्ना कुराहरू सुनाए। युएनडिपीको संसद सहयोग परियोजना र गाउँपालिकाको संयुक्त प्रयासले उनीहरूको आवाजलाई सार्वजनिक गर्‍यो, तर विभेद अन्त्यको यात्रा अझै लामो छ।

Mountain run pokhara click

धनमायाजस्ता महिलाहरू समाजको नियमलाई चुनौती दिँदै हिँडेका छन्। उनीहरूले प्रश्न उठाउँछन्—के प्रेमले जात हेर्छ? के विवाहले सम्मान गुमाउँछ? के छुवाछुत अन्त्य भएको समाजमा हामी साँच्चै स्वतन्त्र छौँ?

धनमायाको कथा प्रेमकथा मात्र होइन, यो परिवर्तनको आवाज हो। आँट र विश्वासको दस्तावेज हो, जुन गाउँ, समाज र मौनताको बीचबाट उब्जिएको छ। हिजो सस्तो टीकाटिप्पणी सहेर पनि उनले प्रेममा विश्वास गरिन्। आज उनी समाजमा उभिएर भन्छिन्, जात होइन, आत्माबल ठूलो हो। म अझै हारेकी छैन।

Rabin photo