newa srijana

चण्डिका आमा समूहको अध्यक्षमा विना श्रेष्ठ

पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ दरबारथोकस्थित चण्डिका आमा समूहले आफ्नो १३ औं साधारण सभा र ५ औं अधिवेशन सम्पन्न गरी विना श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

समितिको उपाध्यक्षमा देउमाया श्रीस पुन, सचिवमा मिना सिग्देल, कोषाध्यक्षमा कमला पाण्डे र सह–सचिवमा शान्ति भुजेल मगर चयन भएका छन्। सदस्यमा कृष्ण माया कार्की, निलम खवास श्रेष्ठ, सुनिता केसी, शान्ति गौतम, विष्णु सिग्देल, देवका थपलिया, रचना खवास, खिमा अधिकारी, चुनु माया गुरुङ र सिता खवास रहेका छन्।

सभाले ९ जना सल्लाहकार पनि चयन गरेको छ। यसमा सरस्वती कोइराला, सिता नेपाली, गंगा सुवेदी, विमला रानाभाट, पुष्प कुमारी आचार्य, हरिमाया गुरुङ, शारदा सिग्देल, शोभा अधिकारी र खिमा गुरुङ रहेका छन्।

Mountain run pokhara click
सिटीजन फनिच्रर

कार्यक्रममा प्रमुख अतिथि वडा नं. ९ का अध्यक्ष दिपेन्द्र मर्सानी थिए। वडा सदस्य गिता चर्माकार, नन्दराम गिरी र लक्ष्मी पहारी, चण्डीमाई सेवा समिति अध्यक्ष तेजबहादुर भुजेल, टोल विकास संस्था अध्यक्ष उत्तम जोशी, समूहका पूर्व अध्यक्ष विमला रानाभाट र नेवा मिसाः पुच नयाँबजारका अध्यक्ष कोपिला श्रेष्ठले शुभकामना दिएका थिए।

सो अवसरमा ८० वर्ष पूरा गरेका तेजबहादुर भुजेल, हिरामाया भुजेल, वेदनाथ कोइराला, पुर्णकला सिग्देल, मोतीसरा शर्मा भट्टराई र निराकुमारी गुरुङलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो। २०८१ सालको एसइई परीक्षा उत्तीर्ण विद्यार्थीसम्राट अधिकारी, अस्मिता थापा, सुरज थापा मगर, स्वीकृत सिग्देल, निष्ठा खवास र सुकृत्य सिग्देललाई पनि सम्मान गरिएको थियो।

सभामा वार्षिक प्रतिवेदन सचिव देउमाया श्रीसले र आर्थिक प्रतिवेदन सदस्य निलम खवासले प्रस्तुत गरे। अध्यक्ष सीता नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विना श्रेष्ठले स्वागत मन्तव्य दिइन्। स्वागत नृत्य रचना खवासले प्रस्तुत गरिन् भने कार्यक्रमको सञ्चालन कोषाध्यक्ष शान्ति भुजेल मगरले गरेकी थिइन्।

Rabin photo