सुचना१
newa srijana

पोखराको लेकसाइडमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव’ भदौ १०–११ मा हुने

गण्डकीका ११ जिल्लाका १० हजार महिला सहभागी हुने, गीत–नृत्य, खेलकुद र महिला सशक्तीकरण कार्यक्रमहरु आयोजना

पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने तयारी गरेको छ। महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका १० हजारभन्दा बढी महिला सहभागी हुने अपेक्षा गरिएको छ।

टेवानकी अध्यक्ष शोभा न्यौपाने पाण्डेका अनुसार, महोत्सवको मूल उद्देश्य हरितालिका तीजको परम्परागत गीत र सांस्कृतिक उत्सवलाई खुला चौरमा पुनर्जीवित गर्नु हो। यस वर्ष आन्तरिक तथा बाह्य पर्यटकको पनि व्यापक सहभागिता रहने आयोजकको विश्वास छ।

महोत्सवमा सांगीतिक तीज गीत प्रतियोगिता, विविध खेलकुद र अन्य सांस्कृतिक कार्यक्रम हुनेछन्। प्रतियोगितामा पहिलो हुने समूहले ३५ हजार, दोस्रोले २५ हजार, तेस्रोले २० हजार र सान्त्वना पुरस्कारका रूपमा १० समूहले ४–४ हजार रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट नृत्यलाई पनि पुरस्कार दिइनेछ।

Pokhara महोत्सव

पहिलो दिन विहान १०ः३० बजे हल्लनचोकबाट बाजागाजासहित ¥याली सुरु हुनेछ। ¥यालीमा पर्यटन व्यवसायी, आमा समूह, दिदी–बहिनी समूह र अन्य सांस्कृतिक समूह सहभागी हुनेछन्। दोस्रो दिन विहान १० बजे रस्साकसी, घैंटो फुटाउने, साडी दौडजस्ता खेलकुद कार्यक्रम र महिला सशक्तीकरण सम्बन्धी ‘टक सो’ (संवाद कार्यक्रम) आयोजना गरिनेछ।

टेवानकी निवर्तमान अध्यक्ष कमला गिरीले महोत्सवले परम्परागत वेशभूषा, लोकसंगीत, नृत्य र परिकारलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान पुग्ने बताइन्। पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले महोत्सवले स्थानीय अर्थतन्त्र र महिला सशक्तीकरणमा प्रत्यक्ष सहयोग पुर्‍याउने अपेक्षा व्यक्त गरे।

महोत्सवको मुख्य प्रवद्र्धक पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड हुन् भने गण्डकी प्रदेश सरकार, सम्बन्धित मन्त्रालय र पोखरा पर्यटन परिषद्को सहयोग रहेको छ।

पुल सेन्टर
वडा नं २६